सहकारी विभागको रजिष्ट्रारमा पिताम्बर घिमिरे नियुक्त
ललितपुर । सहकारी विभागको रजिष्ट्रारमा पिताम्बर घिमिरे नियुक्त भएका छन् । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले घिमिरेलाई संघीय सहकारी विभागको रजिष्ट्रारको जिम्मेवारी दिएको हो ।
मन्त्रालयले उनलाई मंसिर २५ गतेदेखि विभागको रजिष्ट्रारको जिम्मेवारी दिएको छ । यसअघिका रजिष्ट्रार नमराज घिमिरेको सरुवा भएपछि रिक्त रहेको सो पदमा घिमिरे नियुक्त भएका हुन् ।
क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया