एनआइसी एसिया बैङ्कबाट वचतकर्ताको १ लाख ५० हजार रकम गायब
ललितपुर । एनआइसी एसिया बैङ्कमा खाताधारीहरूको रकम असुरक्षित देखिएको छ । एनआइसी एसिया बैङ्क गौर शाखाबाट एक जना खाताधारीको १ लाख ४९ हजार रुपैयाँ गायब भएपछि बैङ्कमा पनि जम्मा गरेको रकमको सुरक्षा जोखिममा परेको छ ।
गौर शाखामा चमत्कारिक बचत खाता सञ्चालन गरेका स्थानीय फतुवाविजयपुर नगरपालिका – ६ पेटभर्वा निवासी सरोज राय यादवको खाता नम्बर४६८७७३४१५२५२४००१ बाट ७ डिसेम्बर ०२३ मा ५०र५० हजार दुई पटक खल्ती लोड ९३० ९४९७५र९७०३६४७०६९ मा तथा ४९ हजार १० रुपैयाँ १८७० ९७६६५०९०००१७ मा ट्रान्सफर भएको एनआइसी एसिया शाखाले खाताधारीलाई उपलब्ध गराएको स्टेटमेन्टबाट देखिन्छ ।
एनआइसी एसिया बैंक कोल्भी शाखामा १७ अक्टोबर ०२३ मा १ लाख ४९ हजार रकम जम्मा गरेका पीडित सरोज राय यादवले २०८० मङ्सिर २१ गति बेलुकी पैसा झिकिएको सन्देश मोबाइलमा आएपछि खाताबाट रकम गायब भएको थाहा पाएको बताएका छन् । खातामा राखेको रकम गायब भएको विषयमा गौर शाखामा बुझ्न ज्यादा शाखाका सहायक प्रबन्धकले तपाईँले मोबाइल बैङ्किङ सेवा प्रयोग गरेको भने जवाफ दिएको पीडितले बताए ।
मोबाइल बैङ्किङ सेवा प्रयोग नगरेको र गरेको प्रमाण दिन सहायक प्रबन्धकलाई भन्दा केही जवाफ नदिएकोले बैङ्कको कर्मचारीको मिलेमतोमा रकम गायब भएको आरोप यादवको रहेको छ । घरमा रकम राख्दा असुरक्षित हुने खतरा रहेकोले बैङ्कमा सुरक्षित हुन्छ भने रकम बैङ्कमा राख्दा पनि असुरक्षित हुने भएकोले रकम कहाँ राख्ने भने चिन्ताको विषय समेत बनेको छ ।
बैङ्कबाट गायब भएको रकमको विषयमा छानबिन गरी रकम फिर्ता दिनुपर्ने समेत पीडितले माग गरेका छन् ।
क्याटेगोरी : अर्थ/सहकारी, खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया