Techie IT
  • २४ माघ २०८१, बिहीबार
  • काठमाडौं
Khoj Mission News

भ्रष्टाचार र भूमाफियामाथि अझ हान्न मन छ मलाई : प्रधानमन्त्री


ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले चाहेजति काम गर्न नपाएको गुनासो गरेका छन्। मंगलबार राज्य व्यवस्था समितिको बैठकमा एनसेलको सेयर खरिद–बिक्रीबारे जवाफ दिन उपस्थित भएका प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

सांसदहरूले राखेको प्रश्नको जवाफ दिँदै उनले भ्रष्टाचार र भूमाफियामाथि आक्रामक भएर लाग्न चाहे पनि सोचेअनुसार काम हुन नसकेको स्वीकार गरे । उनले भने मैलेजति चाहेको जति गर्न पाएको छैन। प्रतिबद्धताअनुसार काम गर्न पाएको छैन, अझ भ्रष्टाचारमाथि हान्न मन छ मलाई। भूमाफियामाथि हान्न मन छ मलाई। आक्रमक ढंगले गएकै छु म । यो पनि उस्तै हो भन्नुहुन्छ भने को आएर के हुन्छ ?

उनले आफूले जिम्मेवारी सम्हालेको एक वर्ष पूरा हुँदै गर्दा कहाँ–कहाँ कमजोरी भयो र त्यसको समीक्षा गरी आगामी कदम चाल्ने प्रतिबद्धता जनाए। उनले भने, एक वर्ष पूरा हुँदै छ। कहाँ–कहाँ कमजोरी हुँदै छ भन्ने समीक्षा गर्दै छु। राष्ट्रका नाममा सम्बोधन गर्न खोज्दै छ। नेपालीहरूको आशा मर्न थाल्यो भनेर आशा जगाउने प्रयास गर्दै छु। ‘नेपाल खत्तम भयो, बिग्रियो’ भन्ने भाष्यप्रति म असहमत छु।


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode