Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

यात्रुले उड्न लागेको बुद्ध एयरको आकस्मिक ढोका खोलेपछि…


ललितपुर । पोखराबाट काठमाडौंका लागि उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका यात्रुले खोलेका छन् ।

बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौं उड्न लागेको उडान नं। ६५२ को जहाजको आकस्मिक ढोका यात्रुले खोलेका थिए । विमान ट्याक्सी वेबाट धावनमार्गमा जान लागेको बेलामा ढोका खुलेको थाहा भएको बुद्ध एयरले जनाएको छ ।

यात्रुबाट के कति कारणले ढोका खुल्न गएको हो, यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले अध्ययन गरिरहेका पनि बुद्ध एयरले जनाएको छ । ढोका खोलेको विमान बुद्धएयरका प्राविधिकले जाँच गरिरहेको र काठमाडौं आउने यात्रुलाई अर्को विमानबाट ल्याउन लागेको पनि बुद्ध एयरले स्पष्ट पारेको छ ।


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode