Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

विपीन जोशीको मुक्तिका लागि कूटनीतिक प्रयास गरिरहेको परराष्ट्रमन्त्रीको दाबी, तत्काल नेपाल ल्याउन धमलाको माग


काठमाण्डौ । परराष्ट्रमन्त्री एनपी साउदले हमासको अपहरणमा परेका विपीन जोशीको सकुशल मुक्तिका लागि सरकारले निरन्तर कूटनीतिक प्रयास गरिरहेको बताएका छन् । न्यूज लाइन्स मिडियाको आठौँ वार्षिकोत्सवका अवसरमा आयोजित ‘समुन्नत नेपाल निर्माणमा सञ्चारमाध्यमको भूमिका’ विषयको गोष्ठीमा उनले प्रजातन्त्र पुनःस्थापनापछि नेपाली पत्रकारिता क्षेत्रमा क्रान्तिकारी परिवर्तन आएको बताए । उनले २०४७ सालदेखि नेपाली पत्रकारिता क्षेत्रमा ठूलो परिवर्तन आएको जिकिर गरे । संविधान जारी गरेपछि तीनै तहको निर्वाचन गरेर सरकार लोकतन्त्रलाई सुदृढ तुल्याउन क्रियशाील भएको उनले बताए ।

सोही कार्यक्रममा प्राइम टेलिभिजनका अध्यक्ष ऋषि धमलाले सरकारको काम कारबाही जनतामुखी हुनुपर्ने बताए । देशलाई जनतामुखी नेता चाहिएको भन्दै उनले कूटनीतिक सम्बन्धमा गम्भीर हुन परराष्ट्रमन्त्रीलाई आग्रह गरे । विपीन जोखिको उद्धारमा ढिलाई भएकोमा आपत्ति जनाउँदै धमलाले जति सक्दो छिटो जोशीको उद्धार गर्न सरकारसमक्ष माग गरे ।

देशमा धेरै समस्या रहे पनि सरकार र मन्त्रीहरुले समस्या समाधानमा ध्यान केन्द्रित गर्न नसकेको धमलाको आरोप थियो ।


क्याटेगोरी : देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode