हर्क साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो,राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाए
![](https://www.khojmissionnews.com/wp-content/uploads/2023/12/dharan-harka_Aqp23p82QN.jpg)
ललितपुर । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो हटाएका छन्। साम्पाङले बुधबार देशका दुवै शीर्ष व्यक्तिको फोटो आफ्नो कार्यकक्षबाट हटाउने घोषणा गरेका थिए।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै यसबारे पूर्वघोषणा गरेका थिए । त्यसैबमोजिम उनले आज राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाउदै किराँती राजा यलम्बरको फोटो टाँसेका छन् ।
धरानको विकासका लागि आफूले मागेअनुसार बजेट र सहयोग नगरेको गुनासो गर्दै आएका उनले यसअघि पनि विवादति स्ट्याटस लेख्दै आएका छन् ।
क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया