यति एयरलाइन्सको विमान दुर्घटनाको कारण मानवीय त्रुटी अर्थात चालकको गल्ती

काठमाण्डौ । करिब एक वर्ष अघि पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा ७२ जनाको निधन भएको थियो ।
पटक पटक भइरहने यस्ता दुर्घटना न्युनिकरण गर्न र उक्त दुर्घटनाको कारण पत्ता लगाउन सरकारले पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरेको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । उक्त आयोगले यति एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालेको छ । झण्डै एकवर्षपछि विहिबार आयोगले प्रतिवेदन तयार पारेर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई हस्तान्तरण गरेको छ । जाँचबुझ आयोगले व्ल्याक बक्स, ककपीट भ्वाईस लगाएत सवै बिषयको अध्ययन अनुसन्धान गरेको जाँचबुझ आयोगका संयोजक घिमिरेले दाबी गरेका छन् । विस्तृत अध्ययन गर्दा मानवीय अर्थात विमान चालक र सहचालकको गल्तीका कारण दुर्घटना भएको उल्लेख गरिएको छ ।
प्रतिवेदन बुझ्दै मन्त्री किरातीले आयोगले दिएको सुझाव कडाइका साथ मन्त्रालयले कार्यान्वयन गर्ने र मातहतका निकायलाई पनि निर्देशन दिने बताए ।
पोखरामा गत वर्ष माघ १ गते विमान दुर्घटना भएपछि सरकारले पूर्वसचिव घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया