Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपिएफलाई,रुविना उत्कृष्ट खेलाडि, ज्योति पाण्डेको सन्यास


काठमाण्डौ । फाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पराजित गरेर लिग र क्वालिफायर दुबै खेलमा भोगेको पराजयको बदला लिने अवसर थियो कोशी प्रदेशलाई । तर १ सय १५ रनको सामान्य लक्ष्य पछ्याउँदा पनि कोशीका ब्याट्सम्यान चल्न नसक्दा पुरानै नियती भोग्नुपर्यो । एउटै प्रतियोगितामा कोशी एपीएफसँग तीन पटक पराजित भयो ।

योसँगै एपीएफले राष्ट्रिय महिला क्रिकेटको छैटौं उपाधि हात पार्न सफल भयो । यसअघि एपीएफले सन् २०१६ देखि २०१९ सम्म लगातार चार पटक र सन् २०२१ मा एक पटक गरी पाँच पटक च्याम्पियन बनेको थियो ।

टस जितेर पहिला ब्याटिङको गरेको एपीएफले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ११४ रन बनाएको हो । एपीएफका लागि इन्दु बर्माले सर्वाधिक ५३, ज्योति पाण्डेले २७, रोमा थापाले १४ रन बनाए । सरिता मगर ९ र करुणा भण्डारी २ रनमा अविजित रहे । बलिङ तर्फ कोशीका लागि अप्सरी बेगमले प्रतियोगिताकै पहिलो ह्याट्रिक विकेट लिइन् । उनले खेलको अन्तिम ओभरमा ह्ययाट्रिक लिएकी हुन् । खेलको अन्तिम ओभरको एफका पहिलो दोस्रो र तेस्रो बलमा क्रमश अर्धशतक बनाएकी इन्दु बर्मा, नेरी थापा र सोनु खड्काको विकेट लिएकी हुन् । अलिसा खडियाले २ विकेट लिइन् । रुविना क्षेत्री र निशा शाहले १÷१ विकेट लिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ११५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा जम्मा १०३ रन मात्रै बनाउन सक्यो । अन्तिम ६ बलमा जितको लागि १६ रन चाहिँदा करुणा भण्डारीको पहिलो बलमा स्टम्पिङ आउट गरेपछि जितको सम्भावना टाढिएको थियो । कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ६२, काजल श्रेष्ठले २२, अप्सरी बेगमले ८, लकिता राजवंशीले ६ र सवनम राईले अविजित २ रन बनाए । एपीएफका लागि सीता राना मगर र करुणा भण्डारीले १÷१ विकेट लिए । कोशीका दुई खेलाडी रनआउटको शिकार भए । कोशीले पहिलो क्वालिफायर्समा एपीएफसँग ५२ रनले पराजित हुँदै दोस्रो एलिमिनेटरमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । यसै प्रतियोगितामा कोशी तेस्रो पटक एपीएफसँग नै पराजित भएको हो ।

पहिलो क्वालिफायरमा कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै विभागीय क्लव एपीएफले फाइनलमा स्थान बनाएको थियो । राउन्ड रोबिन लिगको खेलमा एपीएफ अपराजित रहँदै विजेता बनेको हो । टोलीले राउन्ड रोबिन लिगमा सबै ७ खेल जितेको थियो ।

विजेता एपीएफले पाँच र उपविजेता कोशीले तीन लाख प्राप्त गरेका छन् । प्रतियोगिताको बेष्ट बलर १२ विकेट लिएकी मधेश प्रदेशकी पूजा महतो बनिन् । त्यसैगरी बेष्ट ब्याटर २ सय १२ रन जोडेकी गण्डकी प्रदेशकी सुमन खतिवडा बनिन् । प्लेअर अफ द टुर्नामेन्टको उपाधि ३४४ रन र १० विकेट लिएकी कोशी प्रदेशकी कप्तान रुविना क्षेत्रिले हात पारिन् ।

ज्योति पाण्डेको सन्यास

यसैबीच नेपाली क्रिकेट टोलीकी ओपनर तथा विकेटकिपर ज्योति पाण्डेले राष्ट्रिय र घरेलु दुबै क्रिकेटबाट सन्न्यास लिएकी छिन् । कोशी प्रदेशलाई हराउँदै उपाधि जितेसँगै उनले सन्न्यास लिएकी हुन् । आफू विदेश जान लागेकाले सन्यास लिएको उनले जानकारी दिएकी छिन् । ज्योतिले नेपालबाट १७ महिला टि२० आई खेल खेलेकी छिन् । विराटनगरकी ज्योतिले सन् २०११ देखि लगातार एपिएफबाट खेल्दै आएकी थिइन् । ज्योतिले सन् २०१६ मा थाईल्यान्डमा भएको एसिसी वुमन्स एसिया कपमा पाकिस्तानविरुद्ध सिनियर डेब्यू गरेकी थिइन् । अन्तिम खेल २०२३ जुनमा मलेसियाविरुद्ध खेलेकि थिइन् ।


क्याटेगोरी : खेलकुद, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode