मधेश सरकाबाट बाहिरियो जनमत पार्टी, १३ जना सांसदको समर्थन फिर्ता

धनुषा । सीके राउत नेतृत्वको जनमत पार्टी मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । जनमत पार्टीले सरकारबाट बाहिरिने निर्णय गर्दै मुख्यमन्त्री सरोज कुमार यादवलाई दिँदै आएको समर्थन समेत फिर्ता लिएको जनाएको छ । सरकारलाई दिएको समर्थन फिर्तासँगै मन्त्रीहरुले पनि पदबाट राजीनामा दिएका छन् ।
सत्ताको नेतृत्व गरेको दल जसपासँग विवाद उत्पन्न भएपछि जनमत सरकारबाट बाहिरिएको हो ।
सप्तरीमा जनमतलाई बेवास्ता गरेर जसपाका अध्यक्ष उपेन्द्र यादवले कृषि विश्वविद्यालय शिलान्यास गरेपछि विवाद उत्कर्षमा पुगेको थियो । हिजो दुईपक्षबीच विवाद हुँदा प्रहरीसँगको झडपपमा मधेश सरकारका मन्त्रीसहित चार जनाा घाइतेसमेत भएका थिए ।
मधेसमा जनमतबाट २ मन्त्री र एक राज्यमन्त्री सरकारमा थिए । जनमतका मधेस प्रदेशमा १३ सांसद रहेका छन् भने समर्थन फिर्ता लिँदा पनि सरकारलाई भने तत्काल कुनै असर पर्ने देखिँदैन ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया