Techie IT
  • ८ वैशाख २०८२, सोमबार
  • काठमाडौं
Khoj Mission News

टेष्ट राष्ट्र अफगानिस्तानलाई स्तब्ध बनाउँदै नेपाल सुपर सिक्समा


काठमाण्डौ । अण्डर १९ विश्वकप क्रिकेटमा अफगानिस्ताले दिएको १ सय ४६ रनको सामान्य लक्ष्य नेपालले सजिलै भेटाउने अनुमान गरिएको थियो । तर जब कप्तान देव खनाल ५८ रन जोडेर आउट भए त्यसपछि नेपाल संकटमा परेको थियो । खनाल आउट हुँदा नेपाललाई जितका लागि १३ दशमलब तीन ओभरमा १९ रन चाहिएको थियो र नेपालसँग २ विकेट बाँकी थियो । १९ रन जोड्न निकै संघर्ष गरिरहेको नेपालका लागि जब जितका लागि ६ रन चाहिएको बेलामा दिपक बोहोरा आउट भए ।

त्यसपछि जितका लागि केवल २ रन चाहिएको अवस्थामा आकाश चन्द पनि आउट भएपछि नेपाल थप संकटमा पर्यो, किनकी अब एक विकेट मात्रै बाँकी थियो । सुवास भण्डारी क्रिजमा रहेका बेला अफगानिस्तानका बलर अबर मोहमदले वाइड फालेपछि नेपालले स्कोर बराबरी गर्यो । यो बराबरीपछि बाँकी एक रन जोड्न नसके पनि नेपाल सुपरसिक्समा पुग्थ्यो । किनकी रनरेटमा अफगानिस्तान पछि परेको थियो ।

नेपाली बहादुर खेलाडिले यतिकै हार मानेनन् । वाइडपछि लगातार तीन बलमा नेपालले रन जोड्न सकेनन् । ४४ दशमलब ४ ओभरमा अफगानिस्तानको कसिलो फिल्डिङलाई परास्त गर्दै सुवास भण्डारीले चौका हानेपछि अफगानिस्तानका खेलाडि मैदानमै ढल्न पुगे भने नेपालका खेलाडि जितको खुशी बनाउन थाले ।

जितको मुख्य श्रेय तिब्र गतिका बलर आकाश चन्द र कप्तान देव खनाललाई जान्छ । टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानलाई सस्तैमा समेट्न आकाशले ८ ओभरमा ३४ रन खर्चेर ५ विकेट लिए । गुल्सन झाले पहिलो ओभरमै विकेट लिएपछि अफगानिस्तान दबाबमा परेको थियो ।

८८ रन जोड्दा ८ विकेट गुमाएको अफगानिस्तानका ब्याटरले नवौँ विकेटका लागि ५५ रनको साझेदारी गरेपछि १ सय ४५ रनको योगफलसम्म पुग्न सफल भएको थियो । उसका लागि गाजान्फरले ३७ र नसिर खानले ३१ रनको योगदान दिएका थिए । चार जना ब्याटर शुन्य रनमा आउट भएका थिए ।

अफगानिस्तानको ब्याटिङ लाइन ध्वस्त बनाउने क्रममा नेपालका आकाश चन्द एक्लैले ५ विकेट लिए । १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालको ब्याटिङ लाइन सोचेजस्तो चल्न सकेन । जसका कारण नाटकीय जितको अवस्था सृजना हुन पुग्यो । जे होस टेष्ट मान्यताप्राप्त अफगानिस्तानलाई एक विकेटले पराजित गर्दै नेपाल सुपर सिक्समा पुग्न सफल भयो ।

नेपालले ३ खेलमा २ अंक जोड्दा अफगानिस्तान भने अंकविहिन रहँदै पुछारमा रहेर विश्वकप यात्रा टुंग्यायो । समूह चरणमा प्रतिस्पर्धा गरेका १६ टोलीमध्य सुपर सिक्समा हरेक टोलीबाट ३–३ टोली पुग्ने प्रावधान रहेको छ । अब नेपालले समुह एमा रहेको भारतसँग एक खेल खेल्ने पक्का भएको छ । अर्को टिम भने बंगलादेश, आयरल्याण्ड र अमेरिकामध्ये एक हुनेछ ।

 

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode