Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबको पोल्टामा


काठमाण्डौ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । आज सम्पन्न फाइनलमा पुलिसले अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको हो । आमीले जीतका लागि १ सय ८२ रनको लक्ष्य प्रस्तुत गरेकोमा पुलिसले ३८ औँ ओभरमा ४ विकेट गुमाएर भेटायो ।

पुलिसको जितमा शंकर रानाले सर्वाधिक ६२ रनको योगदान दिए । त्यसैगरी अर्जुन साउदले ३६ आरिफ शेखले २७ रनको योगदान दिए । त्यसअघि कीर्तिपुरको मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको आर्मीले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १ सय ८१ रन बनाएको हो । आर्मीका लागि विवेक यादवले सर्वाधिक ६३ रनको योगदान दिए । उनले ७ चौका र १ छक्का हिर्काए । ७ विकेटका ६९ रनको खराब स्थितिमा रहेको बेला यादवले सोमपाल कामीसँग आर्मीको इनिङ्स सम्हालेका थिए । सोमपालले ३९ रन बनाए ।

आर्मीका लागि ओपनर इमरान शेखले २८ तथा कुशल मल्लले १७ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नेपाल पुलिसका लागि ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले ३–३ विकेट लिए । योसँगै १० टिम सहभागि प्रतियोगिता सम्पन्न भएको छ ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode