Techie IT
  • ८ वैशाख २०८२, सोमबार
  • काठमाडौं
Khoj Mission News

लेलेस्थित तिलेश्वरको सरस्वती कुण्डमा लाग्ने मेलाको तयारी पुरा


ललितपुर ।  गोदावरी नगरपालिका–५ लेलेस्थित तिलेश्वरको सरस्वती कुण्डमा लाग्नो मेलाको सम्पुर्ण तयारी पुरा भएको छ । हरेक वर्ष माघ शुक्लपक्ष पन्चमी अर्थात श्रीपन्चमीका दिन लाग्ने मेलाको तयारी पुरा भएको वडा अध्यक्ष मिलन सिलवालले खोजमिसन न्युजलाई जानकारी दिए । मेलाको पुर्व सन्ध्यामा वडा अध्यक्षको नेतृत्वमा , सुर्यदल गण , ज्ञान कुण्ड युवा क्लब , नेपाल प्रहरी र स्थानियको सहभागितामा मन्दीर सरसफाई गरिएको छ ।

यस्तै हेल्थ डेस्क , लाईन ब्यवस्थापन र ट्राफिक ब्यवस्थापन लगायतका सम्पुर्ण तयारीहरु पुृरा भएको र भक्तजनहरुलाई सहजै दर्शनको ब्यवस्था मिलाउनका लागि नेपाल प्रहरी र स्वयमसेवकहरु परिचालन गरिने जानकारी वडा अध्यक्ष सिलवालले दिए ।

लेले सरस्वती कुण्डको पानी बालबालिकालाई खुवाएपछि बोल्न नजान्नेको वाक्य फुट्ने र पढ्न नजान्नेको पढाइमा सुधार हुने धार्मिक विश्वास रहेको छ । मन्दिरमा साना बालबालिकालाई ल्याएर सात गेडा नकाटिएको अक्षताका साथै कुण्डको जल खुवाउँदा वाक्य फुट्ने अनि बाधा हट्ने मान्यता पनि रहेको छ ।

परापूर्वकालमा बृहस्पति ऋषिले सो स्थानमा बसेर तपस्या गर्दा तिलेश्वर महादेव उत्पत्ति भई माता सरस्वतीको आह्वान गर्न लगाएपछि ऋषिले सरस्वतीको आह्वान गर्दा सरस्वती जलका रुपमा उत्पत्ति भई बसेको भन्ने धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।

सरस्वती कुण्ड परिसरमा विसं १८७६ मा लेखिएको एक शिलालेखमा काठमाडौँ फर्पिङका आचार्यले सो मितिमा लेले आई कुण्डको लेउ सफा गरेको कुरा उल्लेख छ । लेले तिलेश्वरमा सरस्वती कुण्डका साथै तिलेश्वर महादेव मन्दिर, गङ्गाजमुना पोखरी, गणेश, कुमार, नवदुर्गालगायत मूर्ति पनि छन् । सो मन्दिर पुग्न लगनखेलबाट चापागाउँ हुँदै लगभग १६ किलोमिटर दूरी पार गर्नुपर्छ ।

लेले चारैतिर हरिया डाँडाले भरिएको क्षेत्र हो । क्षत्री, तामाङ, नगरकोटीको बसोबास रहेको लेले शहर ललितपुरको एक प्रसिद्ध स्थान मानिन्छ । श्री पन्चमीक दिन छिमेकी गाउँ बडिखेल, झरुवारासी, साबिकको गोदावरी, नल्लु, भारदेउका साथै काठमाडौँ र भक्तपुरबाट पनि सरस्वतीको आराधना गर्न भक्तजन लेले आउने गरेका छन ।


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode