Techie IT
  • २४ माघ २०८१, बिहीबार
  • काठमाडौं
Khoj Mission News

ललितपुर नापी र मालपोतका कर्मचारीविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर


काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादव र मालपोत कार्यालयका नासु प्रदीप पौडेलसहित ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ । जग्गाको कित्ताकाट गरी धनी पुर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा उनीहरूविरुद्ध शुक्रवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगले दिएको जानकारीअनुसार ​सर्वेक्षक यादवसहित लेखापढी काम गर्ने दिनेश बन्जारा र विनोद अधिकारी सेवाग्राहीसँग लिएको २ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट खटिएको टोलीले उनीहरूलाई ​गत माघ ९ गते पक्राउ गरेको थियो ।

यस्तै लेखापढी व्यवसायी ​आशिषराज बस्नेत र दिनेश बन्जाराले घुस लिनका लागि सहयोगी भूमिका खेलेको पुष्टि भएपछि उनीहरू विरुद्ध पनि मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।​​​ आयोगले २ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी उनीहरूलाई कैद र बिगो बमोजिम जरिवानाको मागदाबी गरेको छ ।


क्याटेगोरी : खोज मिसन

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode