Techie IT
  • ८ वैशाख २०८२, सोमबार
  • काठमाडौं
Khoj Mission News

सरकारले संसारमै नेपालको इज्जत बढाएको छ : प्रचण्ड


धनुषा । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान गठबन्धनको सरकारले नेपालको इज्जत र प्रतिष्ठान संसारमै बढाएको बताएका छन् । धनुषामा पक्की पुलको शिलान्यास गर्दै प्रधानमन्त्री दाहालले नेपालको शान्ति प्रक्रिया, संघीय लोकतान्त्रीक गणतन्त्र, समावेशी सहभागीताको सुनिश्चिततामाथि संसारले प्रसंसा गरेको भन्दै गठबन्धनको सरकारले नेपालको इज्जत र प्रतिष्ठान बढाएको बताएका हुन् । त्यस्तै प्रधानमन्त्रीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा मधेसलाई विशेष व्यवस्था गरिने प्रतिवद्धता जनाए ।

प्रधानमन्त्री दाहालले तराईमा सिंचाइ, मलबिउको व्यवस्था गर्ने र कृषि प्रविधिलाई बढवा दिने प्रतिबद्धता जनाए । नेपालको अर्थतन्त्रमा गुणात्मक परिवर्तन गर्नका लागि ठूला आयोजना निर्माणमा सरकारले ध्यान दिएको बताउँदै उनले गेम चेन्जर आयोजनालाई अगाडि बढाइने उल्लेख गरे । धनुषाको सबैला नगरपालिका वडा नं ४ पटेर्वाघाट र सिरहाको कल्याणपुर नगरपालिको वडा नं ५ जोड्ने पक्की पुल निर्माण गर्न लागिएको हो । एक अर्ब ११ करोडभन्दा बढी लगानीमा निर्माण हुने यस पुलको लम्बाइ ६०० र ७ दशमलव ५ मिटर चौडाइ रहेकोे छ ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode