एमाले ललितपुरको जिल्ला अधिवेशन चैत २३ देखि यी हुन अध्यक्षका उम्मेदवार
ललितपुर । नेकपा एमाले ललितपुर जिल्ला कमिटिको नवौँ जिल्ला अधिवेशनको मिति तय भएको छ । बुधबार बसेको पार्टी जिल्ला कमिटी सचिवालय बैठकले पार्टीको अधिवेशन आगामी चैत २३ देखि २५ गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो ।
नवौँ अधिवेशनले जिल्लाको नयाँ नेतृत्व चयन गर्नेछ सचिवालय बैठकमा पार्टी पोलिटव्युरो सदस्य सुशीला नेपाल, केन्द्रिय सदस्यहरु हरिकृष्ण व्यन्जनकार, बाबुराम थापा लगायत जिल्लाका प्रदेश कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो ।
नवौं जिल्ला अधिवेशनमा अध्यक्ष पदका लागि पुरुषोत्तम आचार्य, चेतनाथ सञ्जेल ,दिनेश कार्की र श्याम ब्यन्जनकारले आकाक्षा व्यक्त गरेको ललितपुर एमाले स्रोतले खोजमिसन न्युजलाई जानकारी दिएको छ ।
क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया