नयाँ मन्त्रीको बोली : रविदेखि रघुवीरसम्मले के प्रतिबद्धता गरे ?
काठमाण्डौ । नव नियुक्त मन्त्रीहरुले बुधबार साँझ सपथ ग्रहणपछि पदभार ग्रहण गरेका छन् । शितल निवासमा सपथ ग्रहणपछि सिंहदरबार पुगेर आ–आफ्नो मन्त्रालयमा पदभार ग्रहण गरेका हुन् ।
अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयको कार्यभार सम्हाल्दै आफूले अहिलेका समस्यामा अर्थतन्त्रमाथि आशा जगाउने सकिने बताएका छन् । उनले शपथ ग्रहणपछि पदभार सम्हाल्दै यस्तो बताएका हुन् । उनले आफूले बोलेर भन्दा पनि काम गरेको खण्डमा निराश हुनु नपर्ने बताए ।
उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले सडक आयोजनाहरुमा हुने ढिलासुस्ती अन्त्य गर्ने बताए । उनले मुग्लिङ पोखरा सडक स्तरोन्नतीको काम एमाले सरकारकै पालामा भएको भन्दै अव उक्त आयोजना लगाएत देशैभरका आयोजनाहरुलाई तीव्रताका साथ अघि बढाउने जिकिर गरे ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कुनै पनि अनुसन्धानलाई प्रभावित पार्ने काम आफ्नो पार्टीले नगर्ने बताएका छन् । उनले आफ्ना कुनै पनि कार्यकर्ताले अनुसन्धानलाई प्रभावित पार्न खोजे उनीहरुलाई पनि कानुन अनुसार कारबाही गर्न निर्देशन दिए । उपप्रधानमन्त्री लामिछानेले सरकारी जग्गा हडप्नेहरुलाई कारबाही गर्ने र सरकारी सम्पत्ति सरकारकै नाममा ल्याउने पहिलो निर्णय पनि गरेका छन् ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ त्रिभुवन विश्वविद्यालयसहित समग्र शिक्षा क्षेत्रको समस्या पहिल्याएर समाधान गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
उप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले देशको सार्वभौमिकताको रक्षा गर्दै कुटनीतिक आचारसंहिता पालना गर्ने दृढता व्यक्त गरेका छन् । श्रेष्ठले वैदेशिक रोजगारीमा रहेकाहरुको हितका रक्षा गर्ने कुरालाई महत्वपूर्ण अंग बनाउने बताएका छन् ।
खानेपानीमन्त्री राजेन्द्र राइले जनतालाई स्वच्छ खानेपानीको पहँुच पुराउन काम गर्ने बताए । राइले खानेपानी समस्याको अध्ययन गरेर देखिएका समस्या समधान गर्ने र जनतालाई स्वच्छ खानेपानीको पहँुच पुराउन काम गर्ने बताएका ुहन् । अहिलेको यथार्थ बुझेर यस क्षेत्रको काम गर्ने धारणा राख्नुभयो । यसअघि भएका कामलाई परिस्कृत गर्दै अघि बढ्ने उनको भनाई छ ।
नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा व्याण्डविथ प्लेटफर्म (अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे) को सम्भावना अध्ययनका लागि समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरिन् । हाल नेपालमा अन्तर्राष्ट्रिय इन्टरनेट व्याण्डविथको आयात तथा वितरणको अवस्था, नेपालमा व्याण्डविथ प्लेटफर्मको सम्भावना र सान्दर्भिकताको अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन बुझाउने गरी पहिलो निर्णय गरेकी हुन् ।
पदबहालीपछि मन्त्री शर्माले सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पूरा गर्न सबै गम्भीर भएर अघि बढ्नुपर्ने बताइन् ।
खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले प्रतियोगितालाई स्थायी बनाउन क्यालेन्डर बनाई कार्यान्वयन गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिने पहिलो निर्णय गरेका छन् ।
‘खेलाडीहरुलाई खेलमैदानसँग जोडिरहन, मनोबल बढाउन र खेलमार्फत राष्ट्रको गरिमा उच्च राख्न, राष्ट्रिय स्तरमा हुने प्रतियोगितालाई स्थायी बनाउन तालिमसहितका क्यालेन्डर बनाइ समन्वयात्मक रुपमा कार्यान्वयन गर्न खेलकुद विकास ऐन २०७७ को दफा ५१ बमोजिम राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिने निर्णय भएको छ’, निर्णयमा भनिएको छ ।
गर्ने बताएका छन् । १९ जना मन्त्रीले पदभार ग्रहण गरेका हुन् । नेकपा एमालेबाट ८, नेकपा माओवादी केन्द्रबाट ५, रास्वपाबाट ४ र नेकपा एकीकृत समाजवादीबाट २ जना मन्त्री बनेका छन् ।
क्याटेगोरी : देश, प्रमुख समाचार
प्रतिक्रिया