विमानस्थलको सर्भरमा फेरी समस्या, पर्यटन मन्त्री किराँती जंगिए
काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन विमानस्थलको अध्यागमनको काम कारवाहीप्रति असन्तुष्टि जनाएका छन् ।
सोमबार पर्यटन बोर्ड, गैरआवासीय नेपाली संघ लगाएतले संयुक्त रुपमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री किरातीले बिमानस्थलका समस्याहरु अध्यागमले समाधान गर्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् । अहिले मोवाइल ल्याउने व्यवस्था, ५० ग्रामसम्म सुन ल्याउन पाउने व्यवस्थामा सरकारको नीति बिपरित अध्यागमनले नियन्त्रयमा लिने काम गरेको उनको भनाइ छ ।
उनले बिमानस्थलको सर्भर डाउन हुदा हजारौ यात्रु समस्यामा परेको भन्दै अध्यागमनले समयमा नै समाधान गर्न नसकेको बताए । आज अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा कम्तीमा ६ वटा अन्तर्राष्ट्रिय उडानबाट बाहिर जाने एक हजार हाराहारी यात्रु प्रभावित भएका थिए । करिब ३ घण्टासम्म उडान अवरुद्ध भएपछि मन्त्री किराँतीले असन्तुष्टी जनाएका हुन् ।
२३ दिनअघि पनि अध्यागमन कार्यालयको सर्भर ५ घन्टासम्म बिग्रिँदा ५ वटा वायुसेवाका सयौं यात्रु अलपत्र परेका थिए ।
क्याटेगोरी : देश
प्रतिक्रिया