Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

अमेरिकामा नेपाल परेड मनाइदै, सर्वाधिक राशीको भलिबल प्रतियोगिता हुने


अमेरिका । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका, क्यालिफोर्निया राज्य च्याप्टर संघको वेष्ट रिजन कमिटि, नेपाल आदिवासी जनजाती महासंघ, क्यालिफोर्नियाको लगायत सान फ्रान्सिस्कोमा सक्रिय संघ संस्थाहरुको संयुक्त आयोजनामा अप्रिल १३ र १४ मा भलिवल प्रतियोगिता आयोजना हुने भएको छ ।

हालसम्म कै ठुलो राशीको भलिवल प्रतियोगिता गर्न लागिएको हो । कार्यक्रम सफल पार्न विभिन्न समिति चयन गरिएको गैर आवासीय नेपालि संघ एनआरएनए अमेरिका पश्चिम क्षेत्रीय अध्यक्ष विष्णु केसी खत्रीले बताएका छन् ।

हरेक वर्ष जस्तै यस वर्ष पनि आयोजना हुन लागेको नेपाल परेड डेको अवसरमा हुने भलिवल प्रतियोगिता थप रोचक हुने भएको छ । भलिवल प्रतियोगितामा प्रथम हुने लाई १२ हजार, दोस्रो ७ हजार, तेस्रो ५ हजार र चौथो २ हजार रुपैया अमेरिकी डलर मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

भलिवल प्रतियोगिता सँगैं अप्रिल १४ गते नेपाल डे समेत मनाईने र सो अवसरमा नेपाली कला संस्कृति झल्कने झाँकी सहीत परेडको आयोजना गरिने भएको छ ।

कार्यक्रममा अमेरिका रान्य भरिका सबैलाई आमन्त्रण गरिएको प्रतियोगिता भएकाले सबैको चासोको विषय भएको अध्यक्ष विष्णु केसी खत्रीले बताए ।

कार्यक्रममा सबै नेपालि भाषा र सस्कृतिसँग जोडिएको कार्यक्रम भएकोले आफ्नै ठानेर सबैले हातेमालो गर्नु पर्ने समय आएको आदिबासी जनजाति महासंघ क्यालिफोर्निया अध्यक्ष प्रकाश लामाले बताएका छन् ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode