Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

परिवर्तन अभियान नेपालद्वारा तारकेश्वरमा स्वास्थ्य शिविर सम्पन्न


काठमाडौँ । परिवर्तन अभियान नेपालले राजधानीको तारकेश्वरमा शनिबार निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । ‘स्वास्थ्य परीक्षण गरौँ, निरोगी र स्वस्थ जीवन बाँचौँ’ भन्ने नाराका साथ तारकेश्वर नगरपालिका वडा नम्बर ४ स्थित पुरानो गुह्येश्वरी माविमा आयोजित स्वास्थ्य शिविरमा करिब ५ सय जना स्थानीयको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको अध्यक्ष सुशील भट्टले जानकारी दिए । एसियन मेडिकल स्टुडेन्स एसोसिएसन–नेपालसँगको सहकार्यमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा स्थानीयलाई स्वास्थ्य सम्बन्धी परामर्शका साथ स्थानीयको स्वास्थ्य परीक्षणका साथै औषधि वितरण गरिएको भट्टको भनाइ छ ।

स्वास्थ्य बिमाको अवधारणा नै बुझाउन सकिएन : गगन थापा
स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्वास्थ्यलाई मौलिकको रूपमा व्यवहारमा लागु हुन नसकेको बताए ।
उनले भने,‘संविधानमा हामीले स्वास्थ्य मौलिक हक हो भनेर लेख्न त सक्यौँ । तर संविधानमा लेख्न जति सजिलो भयो त्यसलाई व्यवहारमा प्राप्त गर्ने कुरा त्यति नै कठिन भयो ।’

उनले गरिबीबाट बाहिर निस्केर स्वास्थ्यको उपचार खर्चको कारणले फेरि गरिब हुन नपारोस् भनेर स्वास्थ्य बिमा अगाडि सारेको बताए । तर स्वास्थ्य बिमाको अवधारणा नै बुझाउन नसकिएको उनको भनाई छ ।

उनले भने,‘गरिबीबाट बाहिर निस्केर स्वास्थ्यको उपचार खर्चको कारणले फेरि गरिब हुन परेको तथ्यहरूले बताउँछ । यही कुरालाई सम्बोधन गर्नका लागि हामीले स्वास्थ्य बिमा अगाडि सारेको हो । तर स्वास्थ्य बिमाको अवधारणा नै नेपालमा बुझाउन सकिएन प्रधानमन्त्रीलाई पनि बुझाउन सकिएन । नीति निर्मातालाई पनि बुझाउन सकिएन ।’
कांग्रेस काठमाडौँ सभापति सबुज बानियाँले स्वास्थ्य क्षेत्रमा राज्य संवेदनशील बन्नुपर्ने धारणा राखे ।

कार्यक्रममा तारकेश्वर नगरपालिकाकी उपमेयर सिर्जना बुर्लाकोटी, समाजसेबि बासुदेब लामा , काठमाडौँ महानगरपालिका वडा नम्बर २६ क अध्यक्ष ख्यामराज तिबारी लगायतको उपस्थिति रहेको थियो । गैरनाफामूलक संस्था परिवर्तन नेपाल अभियानले आगामी दिनमा पनि स्वास्थ्य र शिक्षाको क्षेत्रमा निरन्तर काम गर्दै जाने भट्टले जानकारी दिए ।


क्याटेगोरी : शिक्षा/स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode