Techie IT
  • ७ वैशाख २०८२, आईतबार
  • काठमाडौं
Khoj Mission News

एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य विजयी


ललितपुर । नेकपा एमाले ललितपुरको नवौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । निर्वाचनबाट अध्यक्षमा पुरुषोत्तम आचार्य विजयी भएका छन् । उनले २ सय २९ मत पाए भने निकटन प्रतिस्पर्धी चेतनाथ सञ्जेलले १ सय ५४ मत प्राप्त गरे । अध्यक्षका अन्य प्रतिस्पर्धीहरु दिनेश कार्कीले ८१ मत र सुवर्ण श्रेष्ठ ९ मत पाइन् ।

अध्यक्षमा विजयी आचार्य यसअघि पनि अध्यक्ष नै थिए भने पराजित सञ्जेल पूर्व प्रदेश सांसद हुन् । आजै विहान विद्युतीय भोटिङ मेसिनबाट मतदान भएको थियो । ४७८ प्रतिनिधिस रहेकोमा ४७३ जनाले मतदान गरेका थिए ।

हिजो साँझ अवेरसम्म सर्वसम्मतीको प्रयास गरिएको भए पनि नयाँ नेतृत्वका लागि सहमती हुन नसकेपछि आजविहान ७ बजे निर्वाचन भएको थियो । हिजो भएको छलफलपछि ४६ पदमा भने सर्वसम्मत भएको छ ।


क्याटेगोरी : देश

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode