वैशाख २ गतेदेखि भर्ना अभियान : सबै जिल्लामा पाठ्यपुस्तक पुर्याइयो
ललितपुर । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०८१ का लागि विद्यार्थी भर्ना अभियान देशै भरका सामुदायिक विद्यालयमा सुरु गर्ने भएको छ । “बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता” भन्ने नारा सहित देशैभर बैशाख २ गतेदेखि सुरु गर्ने जनाएको हो ।
केन्द्रले विद्यालय उमेर समूहका सबै बालबालिका विद्यालयमा भर्ना गराई शिक्षा सम्बन्धी मौलिक हक कार्यान्वयनको सुनिश्चितता गर्नका लागि कार्ययोजना तयार पारी सार्वजनिक गरेको छ । साथै स्थानीय तहको निर्देश अनुसार आफ्नो क्षेत्रमा अभियान सञ्चालन गर्न सबै सरोकारवालाहरू र विद्यालयहरूलाई आग्रह गरेको छ ।
केन्द्रले आज कार्ययोजना सार्वजनिक गर्दै सबैलाई विद्यार्थी भर्ना अभियानमा लाग्न आग्रह गरेको छ । यस्तै नयाँ शैक्षिकसत्र सुरु हुनु तीन दिन अगावै जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लामा पाठ्यपुस्तक पुर्याएको छ ।
क्याटेगोरी : देश, प्रमुख समाचार, शिक्षा/स्वास्थ्य
प्रतिक्रिया