Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

भन्सार छलीबाट आउने मोवाइलमा प्रतिवन्ध लगाउन व्यवसायीको माग


काठमाण्डौ । नेपाल मोबाइल व्यवसायी महासंघले भन्सार छलीबाट आउने मोवाइलमा प्रतिवन्ध लगाउनुपर्ने जनाएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले भन्सार छलीबाट मोवाइल भित्रदा राज्यलाई अर्वौ रुपैया राजस्व नोक्सानी भइरहेको र व्यवसायीहरुलाई पनि असर परिरहेको भन्दै भन्सार छलीबाट आउने मोवाइलमा प्रतिवन्ध लगाउनुपर्ने जनाएको हो ।

महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईले वार्षिक एक अर्ब ८० करोड रुपैयाँ बराबरको मोबाइल सेट नेपालमा विदेश भ्रमणमा जाँदा र आफन्तहरुले विदेशबाट पठाउँदा आइरहेको बताए । त्यस्तै, खुल्ला सीमानबाट राजश्व छली गरेर प्रति महिना पाँच हजार पाँच सयका दरले नेपालमा आइरहेको महासंघको तथ्याङ्क छ । राज्यले भन्सार छलीबाट आउने यस्ता प्रकारका मोबाइल सेटहरुमा प्रतिबन्ध लगाउनुपर्ने उनको माग छ । त्यस्तै उनले यस किसिमका कारोबारको अन्त्य गर्न सरकारले तत्काल एमडीएमएस प्रणाली लागू गर्नुपर्नेमा जोड दिए ।

महासंघले जेठ २५ गते दोस्रो महाधिवेशन तथा तेस्रो साधारण सभा आयोजना गरिएको जानकारी गराएको छ । महाधिवेशनले अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष ७, महासचिव, सचिव २, कोषाध्यक्ष, सहकोषाध्यक्ष गरी १४ जना पदाधिकारी र वरिष्ठ सदस्य एक जना र ३४ जना केन्द्रीय सदस्य चयन गर्ने महासंघको भनाइ छ ।


क्याटेगोरी : अर्थ/सहकारी

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode