महानगरले न्युरोडमा खनेको सडक पिच गर्न सडक विभागको टिम पुगेपछि विवाद
![](https://www.khojmissionnews.com/wp-content/uploads/2024/06/Newroad1717396957.jpg)
ललितपुर । न्युरोड क्षेत्रको सडकलाई लिएर सडक विभाग र नगर प्रहरीबीच विवाद भएको छ । काठमाडौँ महानगरपालिकाले फुटपाथ विस्तारका लागि सडक खनेको विषयमा विवाद भएको हो ।
सडक विभागले महानगरले खनेको सडक सोमबार पिच गर्न थालेको थियो । सोही क्रममा काठमाडौँ नगर प्रहरी पुगेपछि विवाद भएको हो ।
सडक डिभिजन काठमाडौँका अनुसार विवाद भए पनि काम रोकिएको छैन । खनिएको सडक जस्ताको तस्तै बनाउन महानगरले नमाने पछि डिभिजन सडकको टोलीले आफैँ पिच गर्न लागेको हो । अहिले नगर प्रहरी र सडक विभागका अधिकारीहरुबीच छलफल भइरहेको छ ।
क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया