बागमतीका मेयर र उपमेयरसहित ६ जनाविरूद्ध ३० करोडको भ्रष्टाचार मुद्दा
ललितपुर । बागमती नगरपालिकाका नगर प्रमुख ९हाल निलम्बित० भरतकुमार थापा र उपमेयर लीलाकुमारी मोक्तानसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।३० करोडभन्दा धेरै अनियमितता गरेको अभियोगसहित उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनीहरूलाई ३० करोड २९ लाख ३४ हजार ८ सय ९७ रुपैयाँको बिगो राखी कैद तथा जरिवानाको सजाय माग गरिएको छ । बागमती माछा पोखरी निर्माण गर्दा उत्खनन भएको ढुंगा गिटी बालुवा लगायतको बिक्री वितरणमा नगरपालिकाकै मिलेमतोमा अनियमितता देखिएको अख्तियारको भनाइ छ ।
मुद्दा दायर गरिएकामा प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल, लेखा अधिकृत विश्वराज पोख्रेल र जिल्ला समन्वय समिति, सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरी पनि छन् ।
सर्लाहीस्थित बागमती नगरपालिका वडा न। ४ र १२ मा अवस्थित बागमती माछा पोखरी प्रथम ९भरत ताल० निर्माण गर्दा उत्खनन् भएको ढुंगा, गिटी, वालुवा लगायतको नदीजन्य पदार्थको बिक्री वितरणमा अनियमितता गरेको पाइएको अख्तियारले विज्ञप्तिमा उल्लेख गरेको छ ।
क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया