Techie IT
  • ७ वैशाख २०८२, आईतबार
  • काठमाडौं
Khoj Mission News

प्रदिप पौडेलले दर्ता गराए चक्रपथ विस्तारसम्बन्धी जरूरी सार्वजनिक महत्वको प्रस्ताव, रास्वपाका सांसदको साथ


काठमाण्डौ । सत्तारूढ र प्रमुख प्रतिपक्ष दलका सांसदहरूले चक्रपथ विस्तारसम्बन्धी जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् । बुधबार नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलको प्रस्तावमा रास्वपा सांसदहरूसहितले संयुक्त रूपमा संघीय संसद् सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन् । जरुरी सार्वजनिक महत्वको प्रस्तावमार्फत सांसदहरूले काठमाडौं उपत्यकाको २७ किलोमिटर चक्रपथ विस्तार परियोजना लामो समयदेखि अलपत्र अवस्थामा रहेको उल्लेख गरेका छन् । दोस्रो खण्ड कलंकीदेखि धोबीखोला–चाबहिलसम्मको विस्तार कार्य अघि नबढेको उल्लेख छ ।

नेपाल र चीन सरकार बीचमा दुई वर्षभित्रमा विस्तार सम्पन्न गरिसक्ने भनेर सन् २०१८ मा समझदारी पत्रमा हस्ताक्षर भएको थियो । पाँच वर्षभन्दा बढी बितिसक्दा समेत उक्त कार्य अघि बढ्न नसकेको उल्लेख छ । प्रदीप पौडेलको प्रस्तावमा कांग्रेस सांसदहरू गगनकुमार थापा, प्रतिमा गौतम, सपना राजभण्डारी, सन्तोष चालिसे, राजेन्द्रकुमार केसी, अम्बिका बस्नेत समर्थक छन् । यस्तै, रास्वपाबाट शिशिर खनाल, गणेश पराजुली, सोविता गौतम समर्थक रहेका छन् । उनीहरूले आठ बुँदामा छलफल गर्नुपर्ने कारण स्पष्ट पारेका छन् ।

जसमध्ये साइट क्लियरिंगको प्रारम्भिक कार्य लामो समयदेखि प्रारम्भ भएयता पनि यस परियोजनाको मुख्य सडक निर्माण कार्य अनिश्चित भएको उल्लेख छ । यस्तै, सडक आसपासबाट निक्लिने धुलो, धुँवा र वातावरण प्रदूषणले आमनागरिकको स्वास्थ्यमा दीर्घकालीन असर परेको तथा स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हकमा असर परेको उल्लेख छ ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode