Techie IT
  • २४ माघ २०८१, बिहीबार
  • काठमाडौं
Khoj Mission News

श्री लालीगुराँ‍‍स सहकारीका सीईओ सुरेन्द्र भण्डारी पक्राउ


ललितपुर । प्रहरीले लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सीइओ सुरेन्द्र भण्डारीलाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईका अनुसार भट्टराईलाई काठमाडौँको विशालनगरबाट पक्राउ गरिएको हो ।

लालीगुराँस सहकारीको ६ अर्ब रुपैयाँ अपचलन गरेको उनीमाथि आरोप लागेको छ । सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २९ फागुन २०८० मा समस्याग्रस्त सहकारी घोषणा गरेको थियो । उक्त सहकारीले बचतकर्ताको १० अर्ब भन्दा बढि ठगेको अभियोग छ ।

रकम अपचलन गरेको आरोपमा उनीबिरुद्ध ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उनलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुरमा पठाइने एसएसपी भट्टराईले बताए ।

उनलाई अनुुसन्धानका लागि आईतबार म्याद थपका लागि अदालत लैजाने तयारी रहेको छ । भन्डारी नेपाली कांग्रेस सहकारी विभागका पूर्व सचिब हुन् । उनी केही समयदेखि फरार रहेका थिए ।


क्याटेगोरी : अर्थ/सहकारी, खोज मिसन, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode