Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

ललितपुरको बागमती गाँउपालिकाले मृत्यु भएका व्यक्तिको नाममा भत्ता बाडेपछि…


ललितपुर । ललितपुरको बागमती गाउँपालिकाले मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ।

सामाजिक सुरक्षा नियमावली २०७६ को नियम १३ मा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको मृत्यु भएमा उक्त लाभग्राहीलाई भत्ता पाउने सूचीबाट हटाई मृत्यु भएको दिनदेखि भत्ता दिन रोक्नुपर्ने व्यवस्था छ ।

तर बागमती गाउँपालिकाले मृत्यु भएका केही ब्यक्तीलाई सामाजिक सुरक्षा भता वितरण गरेको विवरण तयार गरेको छ । मृत्यु भएका ब्यक्तीको नाममा मात्रै गाँउपालिकाले २२ हजार ८ सय भुक्तानी गरेको हो । यस्तै मृत्यु भएका ब्यक्तीको नाममा पालिकाले तोकीएको रकम भन्दा बढी निकासा गरेको त्रुटि समेत महालेखाले औल्याएको छ ।

मृत्यु भएका व्यक्तिका नाममा गाउँपालिकाले भत्ता वितरण गरेसँगै महालेखाले सो रकमलाई बेरुजु लेखेको छ। महालेखाको प्रतिवेदनमा सो रकम गाउँपालिकाले असुल गर्नुपर्ने सुझावसमेत दिएको छ। तर गाउँपालिकाले सो रकम असुल गर्न कुनै चासो देखाएको छैन।

सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ मा कुनै लाभग्राहीको मृत्यु भएमा, एकल महिला लाभग्राहीले विवाद गरेमा वा ऐन, नियमावली तथा कार्यविधि बमोजिम लगत कट्टा हुनुपर्ने लाभग्राहीको हकवाला वा प्रचलित कानून बमोजिमको सूचकले सम्बन्धित स्थानीय तहको वडा कार्यालयमा त्यस्तो घटना भएको ३५ दिनभित्र घटना दर्ता गराउनुपर्दछ। यसरी घटना दर्ता गर्दा लाभग्राही विवरण समेत अद्यावधिक गरी लगत कट्टा गर्नुपर्ने प्रावधान छ।

 


क्याटेगोरी : अड्डामा खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode