Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
  • काठमाडौं
Khoj Mission News

कटहरियाका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


ललितपुर । अख्तियार दुरुपयोग अनुशन्धान आयोगले विहिबार रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश, उपमेयर रीता देवी र प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहसमेत ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आर्थिक वर्ष ०७८र७९ मा कटहरिया–२ स्थित जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा टायल्सको कामका लागि रकम बिनियोजन गरी स्वीकृत लागत अनुमान भन्दा कमसल काम गरेर अनियमितता गरेको दावी सहित अख्तियारले मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार अनुसार फिल्डमा भएको भन्दा वढी काम गरेको रेकर्ड तयार गरी रकम अनियमितता गरेको पाईएको छ। उपभोक्ता समिति मार्फत निर्माण गर्ने गरी योजना सम्झौता गरी कार्य गर्दा भुक्तानी सिफारिस भएको नापी किताबमा ११९४ दशमलव ४१ वर्गमिटर रहेकोमा फिल्डमा ७२० दशमलव ८१ वर्ग मिटर मात्र काम भएको देखिएको छ।

फिल्डमा भए गरेको भन्दा ४७३ दशमलव ६० वर्गमिटर वढिको नापी किताब, कार्यसम्पन्न प्रतिवेदन तयार गरी अनुगमन समितिबाट सोही परिमाणको कार्य सम्पन्न भएको भनी प्रतिवेदन दिइएको पाइएको छ।

सोही सिफारिसको आधारमा १२ लाख ५२ हजार ९४१ रुपैयाँ ९५ पैसा बढी भुक्तानी लिई÷दिई भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियारको ठहर छ। अख्तियारले सो कार्यमा संलग्न मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, कार्यापलिका सदस्य समिश विक्रम साह, मनोजप्रसाद जैसवाल, इन्जिनियर राजेशकुमार साह, मो। मकसुद आलम, योजना शाखा प्रमुख रामनरेशप्रसाद यादव, विरुद्ध कैद र जरिवाना सजाय माग दावी गर्दै मुद्दा दायर भएको छ।

यसैगरी, बौद्धिमाई उपभोक्ता समितिका अध्यक्ष सरोजकुमार साह, कोषाध्यक्ष बबिताकुमारी चौधरी र सचिव योगेन्द्र साह विरुद्धसमेतलाई बिगो १२ लाख ५२ हजार ९४१ रुपैयाँ ९५ पैसा कायम गरी भ्रष्टाचार निवारण ऐनको दफा ८ को उपदफा ९४० बमोजिम सजाय गर्न मुद्दामा माग गरिएको छ।


क्याटेगोरी : अड्डामा खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode