Techie IT
  • २४ माघ २०८१, बिहीबार
  • काठमाडौं
Khoj Mission News

चन्द्रागिरिका वडाध्यक्षसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा


ललितपुर । काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नं २ का वडाध्यक्ष भाइकृष्ण तामाङविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

व्यवसाय स्थानान्तरणका लागि सिफारिस र दर्ता गरिदिने प्रयोजनका लागि वडाध्यक्ष तामाङको निर्देशनमा स्थानीय धुर्वबहादुर कडायतले घुस उठाउने गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ ९ गते एक बिचौलियालाई नियन्त्रणमा लिएको थियो।

वडाध्यक्ष तामाङ र बिचौलिया भनिएका कडायतविरूद्ध मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। सेवाग्राहीबाट नगद दुई लाख र चेकबाट दुई लाख गरी चार लाख घुस लिएको पुष्टि भएकाले विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode