Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

प्रदीप पौडेलको अग्निपरीक्षा सुरु, यस्तो छ चुनौति र अवसर


काठमाण्डौ । कांग्रेस नेता तथा सांसद प्रदीप पौडेलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् । पौडेलले पहिलो पटक मन्त्रीको जिम्मेवारी पाएका छन् । नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष पौडेल युवाहरुले रुचाएका र आशा गरिएका नेता हुन् ।

नवनियुक्त मन्त्री पौडेलले क्यासर रोग निवारण रणनीति बनाउने पहिलो निर्णय गरेका छन् । सोमबार पद तथा गोपनियताको सपथ लिएपछि मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै मन्त्री पौडेलले नेपालमा क्यान्सर रोगका बिरामी दिनप्रतिदिन बढिरहेको अवस्थामा निवारण रणनीति बनाउने निर्णयमा हस्ताक्षर गरेका हुन् । सो क्रममा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री पौडेलले एक हप्ताभित्र मन्त्रालयले गर्ने तात्कालिन र दिर्घकालीन कार्यक्रमहरु सार्वजनिक गर्ने बताए ।

आफु कुरा गर्ने भन्दा पनि काम गर्ने ठाँउमा आएको भन्दै उनले कर्मचारीहरुसंग छलफल र परामर्श गरेर अघि बढ्ने धारणा राखे ।

उनले नेपालमा स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधानका लागि सवैको सहयोग अपरिहार्य हुने बताए । स्वास्थ्य क्षेत्रमा राज्यले गरेको लगानीको पूर्ण प्रतिफल दिने र लगानी बढाउने प्रयन्त गर्ने पनि उनले बताए ।

मन्त्री प्रदीप पौडेलले काम गरेर देखाउन नसकेसम्म खादा–माला नलगाउने घोषणा गरेका छन् । मन्त्रालयबाट खादा र फूलमाला लिएर स्वागतकाे तयारी भएपछि मन्त्री पौडेलले आफूले खादा–माला नलगाउने जानकारी दिएका थिए ।

स्वास्थ्य क्षेत्रमा चुनौति :
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १८ महिना सरकारको नेतृत्व गरे । यो अवधिमा मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ जना मन्त्री पायो । यो अवधिमा एमालेबाट पदम गिरी, कांग्रेसबाट मोहनबहादु बस्नेत, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादब, जसपाका प्रदिप यादबले मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

यस अगाडि प्रचण्ड सरकारका पालामा मन्त्रालयमा जति मन्त्रीले नेतृत्व गरे, उनीहरुले स्वास्थ्य क्षेत्रका लागि खासै उपलब्धिका काम गर्न सकेनन् । उनीहरुको कार्यकाल सुरुवा बढुवा र अनुगमनमै बिते नितिगत काम हुनै सकेन्न । जसका कारण अहिले पनी आम नागरिकहरु जुन सकै पार्टीका मन्त्री आए पनी विश्बास भने गर्न सकेका छैन्न ।

विगतमा नागरिकले भोगेको समस्या समाधान गर्ने जिम्मेवारी मन्त्री प्रदिप पौडेललको काँधमा आएको छ । मन्त्री पौडेल अन्य मन्त्रीको तुलनामा कार्यकाल अलि लामो नै होला भन्ने आशा छ । अर्कोतर्फ तुलनात्मक रुपमा पौडेल क्षमतावान नेताको रुपमा पनि लिइन्छ । तर उनले आफ्नो कार्यकालमा स्वास्थ्य क्षेत्रका लागि कसरी प्रस्तुत हुनछन् भन्ने अर्काे बिषय बनेको छ । मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा उनले अग्रजहरुको रायका साथ अगाडि बढ्ने दाबी गरिरहेका छन् । अबको केही दिनमा कार्य विवरण प्रस्तुत गर्ने देखि १ महिना वा ३ महिना भित्र स्वास्थ्यमा परिवर्तन ल्याउने मन्त्री पौडेललको दाबी छ ।

स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय बनाउनका लागि देशभर तत्काल ९२ हजार स्वास्थ्य जनशक्ति आवश्यक देखिएको छ । नवनियुक्त स्वास्थ्यमन्त्रीका लागि देशभर आवश्यक देखिएको स्वास्थ्य जनशक्तिको दरबन्दी पूर्ति गर्नु नै पहिलो चुनौती देखिएको छ । स्वास्थ्य बीमा व्यवस्थित गर्नु, निजी अस्पतालले १० प्रतिशत शय्या निःशुल्क दिनुपर्ने सरकारी नियम कार्यान्वयन गर्नु पनि अहिलेको चुनौति हो । अस्पतालमा बिरामीलाइ आवश्यक पर्ने औषधीको पहुचमा पुराउनु, सामान्य शल्यक्रियाका लागि पनी ६ महिना देखि बर्ष दिन भन्दा बढी समय पालो पर्खनपर्ने बाध्यताको अन्त्य गर्नु मनत्री पौडेलका लागि ठुलो चुनौती हो ।

यस्तै नयाँ आर्थिक वर्षको पूर्वसन्ध्यामा मनत्री पौडेललाइ नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयका लागि पनि चुनौती देखिन्छ । स्वास्थ्य क्षेत्रमा बढ्दै गरेको डेंगु, सर्प दंश तथा मनसुनजन्य रोग न्यूनीकरण तथा व्यवस्थापनका लागि पहल गर्नुपर्ने चुनौती पनि उनको अगाडि देखिन्छ । अन्य मन्त्री जस्तै भाषणमै सिमित हुन्छन् या आफ्नो जिम्मेवारी भने अनुसारनै निभाउछन् त्यो भने आगामि दिनमा प्रष्ट देखिने छ ।

 


क्याटेगोरी : शिक्षा/स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode