Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

कालिमाटीको सुमेरु सहकारीका उपाध्यक्षसहित २ जना पक्राउ, १५ करोड माग दाबी


ललितपुर । काठमाडौंको कालिमाटीमा रहेको सुमेरु बचत तथा ऋण सहकारी संस्थाको उपाध्यक्षसहित २ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गत साता संस्थाको उपाध्यक्ष र एक जना सञ्चालकलाई पक्राउ गरेको छ।

उक्त सहकारीले बचतकर्ताको बचत ठगेको भन्दै ५८ जनाको १५ करोड बढी माग दाबी परेको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले बताए । सहकारीका अध्यक्ष राजमाया महर्जन लगायत सचिव, कोषाध्यक्ष तथा बाँकी सञ्चालक भने अझै फरार रहेका छन् ।

काठमाडौं महानगरपालिका कार्यक्षेत्र रहेको उक्त सहकारीले बचतकर्ताको बचत फिर्ता नगरेको भन्दै उजुरी परेपछि काठमाडौं महानगरको सहकारी विभागले गत चैत २७ गते संस्थाको अनुगमन गरेको थियो । अनुगमनको क्रममा विभागले उक्त संस्थामा रहेका केही फाइल पैसा राख्ने भल्टमा फेला पारेको थियो । अनुगमनपछि अध्ययन गर्दा थप अनुसन्धानका लागि भन्दै विभागले सीआईबीमा पठाएको थियो । सीआईबीले गत साता दुई जनालाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले सुमेरु बचत तथा सहकारीका सञ्चालकको खोजी कार्य जारी राखेको जनाएको छ । महानगरले गत आर्थिक वर्षमा ४० वटा संस्थानको अनुगमन गरेको छ । अनुगमनको क्रममा ७ वटा सहकारीको फाइल थप अनुसन्धानका लागि सीआईबीमा पठाएको छ ।

सीआईबीमा पठाएकामध्ये सुमेरुका २ जना पक्राउ परेका छन् । महानगरले सीआईबीमा पठाएको मध्ये ८ करोड ८० लाख ४० हजार ४९२ रुपैयाँ बचतकर्ताको ठगेको भन्दै स्क्वायर्ड बचत तथा ऋण सहकारीका अध्यक्ष सहित ८ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जसमा संस्थाका अध्यक्षसहित ३ जना पक्राउ परेका छन् भने ५ जना फरार रहेका छन् ।

पक्राउ पर्नेमा संस्थाका अध्यक्ष बासुदेव मान जोशी, संस्थाका सचिव सुवर्णकाजी सेलालीक र सदस्य धर्म रत्न पाछै रहेका छन् । फरार रहनेमा संस्थाका कोषाध्यक्ष तथा व्यवस्थापक प्रशान्तराज तुलाधर, सदस्य कमलेश्वरी ताम्राकार, ज्ञानेश्वर डंगोल, पुनम श्रेष्ठ र रेशमा बज्राचार्य रहेका छन् । अन्य ५ वटा सहकारीका विषयमा पनि ब्यूरोले अनुसन्धान गरिरहेको बताएको छ ।


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode