Techie IT
  • ७ वैशाख २०८२, आईतबार
  • काठमाडौं
Khoj Mission News

समाज डेण्टलमा अब बिहानी सेवा


काठमाण्डौ । समाज डेण्टलले अब बिहानी सेवा पनि सुरु गरेको छ । २४ औं वार्षिक उत्सवको अवसरमा नयाँ बानेश्वर शाखाबाट बिहानी सेवा सुचारु गरेको हो ।

‘दन्त उपचारमा सबैको पहुँच हाम्रो प्रतिबद्धता’ भन्ने उद्देश्यका साथ २४ वर्षदेखि दन्त सेवा दिइरहेको समाज डेण्टल हस्पिटलले कामकाजी सेवाग्राहीलाई सहजता ल्याउने गरि बिहानी सेवा सुचारु गरेको प्रवन्ध निर्देशक शंकु घिमिरेले जानकारी दिए ।

उनले बिहानी सेवाले दैनिक काममा जानु पर्ने सेवाग्राहीलाई सहजता हुने भएकाले हाललाई यो सेवा बानेश्वर शाखाबाट सुरु गरिको र सेवाग्राहीको सुविधालाई मध्यनजर राख्दै अरु शाखाबाट पनि यो सेवा सुचारु गरिने जानकारी दिए ।

२४ औं वार्षिक उत्सव कार्यक्रममा प्रतिनिधि सभाका सदस्य अर्जुननरसिंह केसी, बिनोद चौधरी र श्यामकुमार घिमिरे पनि सहभागी थिए । हाल नयाँ बानेश्वर, जावलाखेल ललितपुर, राधेराधे भक्तपुर, कौशल्टार, सनसिटी पेप्सिकोला, बसुन्धरा, बौद्ध जोरपाटी, सीतापाइला र बनेपा काभ्रेबाट समाज डेण्टलले आफ्नो सेवा दिइरहेको छ।


क्याटेगोरी : शिक्षा/स्वास्थ्य

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode