Techie IT
  • ७ वैशाख २०८२, आईतबार
  • काठमाडौं
Khoj Mission News

ललितपुरकै सबैभन्दा ठूलो स्पोट्र्स कम्प्लेक्स संञ्चालनमा, एकैपटक ५ सय जनाको क्षमता


ललितपुर । ललितपुरको ढोलाइटीमा अत्याधुनिक सुविधा सम्पन्न स्पोर्ट्स कम्प्लेक्स सञ्चालनमा आएको छ । ललितपुर महानगरपालिका वडा नम्बर २६ मा करिब १० करोडको लगानीमा विनायक स्पोर्ट्स कम्प्लेक्स सञ्चालनमा आएको हो ।

कम्प्लेक्स भित्र जिम, स्विमिङ, फुट्सल, ब्याडमिन्टन, स्टिम साउना, टेबुलटेनिस, जुम्बा, ज्याकुजी साथै खाजा खानाको लागि क्याफे तथा रेस्टुरेन्टको समेत व्यवस्था रहेको छ ।

२०७९ सालमा फुट्सल, स्विमिङबाट सुरु भएको स्पोर्ट्स कम्प्लेक्समा अहिले जिम, ब्याडमिन्टन, साउना लगायतका संरचना तयार गरिएको छ । अत्याधुनिक मेसिनहरू जडान गरिएको जिम आइतबारबाट सुरु भएको हो । जिमको शुभारम्भ धर्मश्री विजेता जिम नायक महेश महर्जनले गरेका थिए ।

कम्प्लेक्स भित्र २५ मिटर लम्बाई र १५ मिटर चौडाई र गहिराई ६ फिटसम्म स्विमिङ पूल रहेको छ । त्यस्तै साउनाको लागि महिला पुरुषको लागि छुट्टाछुट्टै रूमको व्यवस्था रहेको छ । फाइभ ए र सेभेन ए साइड भएको फुट्सलमा एकैपटक दुई खेल खेल्न सकिने छ ।

छ रोपनी क्षेत्रफलमा फैलिएको खेलकुद हबमा पार्किङको राम्रो सुविधा रहेको छ । खेलकुद हवको सदस्य बन्ने पहिलो एक सय जनालाई २५ प्रतिशत छुटको ब्यवस्था समेत रहेको आयोजकले जानकारी दिएको छ ।

स्पोर्ट्स कम्प्लेक्सको उद्घाटन वागमती प्रदेश सदस्य, राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष  मीन कृष्ण महर्जनले गरेका छन् । युवा व्यवसायी शेखर महत र विक्रम महर्जनको संयुक्त लगानीमा सञ्चालनमा आएको ललितपुरको यो पहिलो खेलकुद हव हो ।

उद्घाटन समारोहमा वागमती प्रदेशका पुर्व सांसद राजकाजी महर्जन, गोदावरी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष एवं प्रवक्ता मिलन सिलवाल, ललितपुर महानगरपालिका वडा नम्बर २६ का वडा अध्यक्ष सुरेश महर्जन, जिल्ला समन्वय समिति ललितपुरका सदस्य दिनेश घोरासैनी लगायतको उपस्थिति रहेको थियो


क्याटेगोरी : खेलकुद, देश

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode