Techie IT
  • २४ माघ २०८१, बिहीबार
  • काठमाडौं
Khoj Mission News

ललितपुरको ठैवमा देखियो हैजा


ललितपुर। ललितपुरको गोदावरी नगरपालिका–१४, ठैवमा हैजा संक्रमण देखिएको छ । ठैवस्थित एक पुनर्स्थापना केन्द्र (रिह्याबिलिटेसन सेन्टर)मा चार पुरुषमा हैजा पुष्टि भएको वडाध्यक्ष निरोज बज्राचार्यले जानकारी दिए ।

केन्द्रमा रहेका ६ युवामा पखाला लाग्ने, बान्ता हुनेजस्ता लक्षण देखिएपछि परीक्षण गर्दा चारजनामा हैजा पुष्टि भएको उनले बताए । बिरामीमध्ये टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दुईजनाको उपचार भइरहेको छ । अरू दुईजनाको अवस्था सामान्य र पुनर्स्थापना केन्द्रमै छन् ।

हैजाको लक्षण देखिएपछि जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरको टोली सोमबार (हिजो) केन्द्र पुगी थप परीक्षण गरेको थियो । केन्द्रका अरू व्यक्ति र समुदायमा भने हैजाका लक्षण देखिएको छैन । हैजाको कारणबारे अनुसन्धान भइरहेको वडाध्यक्ष महर्जनले बताए ।


क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode