Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

कार्यसम्पादनमा उच्च अंक पाएको भन्दै कुलमान घिसिङले सुनाए उपलब्धिका फेहरिस्त


काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्य सम्पादन मूल्यांकनमा आफूले उच्च अंक प्राप्त गरेको दाबी गरेका छन् । आज विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आर्थिक वर्ष २०७८–७९ मा ९४.२३ प्रतिशत र २०७९–८० मा ९८.९४ प्रतिशत अंक प्राप्त गरेको बताए । गत आर्थिक वर्षमा १३ अर्ब ३१ करोड रुपैयाँ नाफा गरेको भन्दै उनले प्रधिकरण हाल ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा रहेको उल्लेख गरे ।

उनले आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेकोको प्राधिकरण अहिले उल्लेख्य नाफामा गइसकेकको बताएका हुन् ।

प्राधिकरणले सन् २०३५ सम्ममा २० हजार मेगावाट विद्युत् निर्यात गर्न सक्नेगरी प्रसारण लाइन सञ्जालको विस्तार गरिने सुनिश्चितता गरिएको जनाएको छ । घिसिङले विद्युत् उत्पादनसँगै अन्तरदेशीय विद्युत् प्रशारण लाइनको विस्तार तथा स्तरोउन्नतीमा व्यापक सुधार भएको बताए ।

पत्रकार सम्मेलनमार्फत कार्यकारी घिसिङले भारतसँगको विद्युत् व्यापारका लागि करिब २ हजार ५ सय मेगावाट विद्युत् प्रवाह गर्न सक्ने नयाँ बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तर्देशीय प्रसारण लाइन निर्माणाधीन अवस्थामा रहेको बताए ।

नेपाल–भारतबिचको विद्युत् आयात निर्यातका लागि ८ वर्षअघि करिब ३५० मेगावाट विद्युत् प्रवाह गर्न सक्ने प्रसारण लाइन क्षमता रहेकोमा हाल करिब २ हजार मेगावाट पुगेको उनले बताए ।

२०७८ साउन २५ गते प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रो कार्यकालका लागि नियुक्त भएका उनले सामुदायिकसहित हाल ५९ लाख ६० हजार प्राधिकरणका ग्राहक पुगेको जानकारी दिए । आठ वर्षअघि पहिलो कार्यकालका लागि प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त हुँदा प्रतिवर्ष तीन अर्ब ३२ करोड युनिट विद्युत खपत हुने गरेकोमा अहिले प्रतिवर्ष १० अर्ब २३ करोड युनिट विद्युत खपत भइरहेको घिसिङले बताए ।

प्राधिकरणको आफ्नै स्रोतबाट ठूलो मात्रामा लगानी भइरहेको पनि उनले बताए । सुकुम्बासी बस्ती, चेपाङ बस्ती र मुसहर बस्तीलगायत विपन्न वर्गको घरपरिवारमा विद्युत् पु¥याउन निःशुल्क मिटरसमेत वितरण गरिएको उनले उल्लेख गरे ।

घिसिङले चाँडै नै आईपीओ जारी गर्ने घोषणा गरेका छन् ।  प्राधिकरणको कुल पुँजीको १० प्रतिशत आईपीओ जारी गर्ने बताए । आईपीओबाट संकलन भएको रकम ठूला जलविद्युतमा लगानी गरिने उनले बताए । प्राधिकरणले बर्सेनि १३ अर्ब रुपैयाँ को विद्युत चुहावट नियन्त्रण गर्दै आएको उनले जानकारी दिए । अहिले विद्यतु चुहावट १२.७३ प्रतिशतमा झारिएको छ ।

घिसिङले नेपालले विद्युत् आपूर्तिभन्दा निर्यात बढी गरेको दाबी गरेका छन् । उनले गत आर्थिक वर्षमा आयातभन्दा करिब १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात भएको जानकारी दिए । “जसले गर्दा आर्थिक वर्ष २०८०-८१ बाट खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेर गौरवमय इतिहास बनाउन सफल भएको छ,” घिसिङले भने ।यो नेपालको जलविद्युत् विकासका लागि कोसेढुंगा र महत्त्वपूर्ण प्रस्थानविन्दु भएको उनले बताए । देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय प्रतिस्पर्धी बजारको डे–अहेड र रियल टाइम मार्केट र मध्यकालीन सम्झौताबमोजिम पनि विद्युत् निर्यात भइरहेको उनले जनाए ।

घिसिङले नेपालले विद्युत् आपूर्तिभन्दा निर्यात बढी गरेको दाबी गरेका छन् ।  उनले गत आर्थिक वर्षमा आयातभन्दा करिब १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात भएको जानकारी दिए ।

“जसले गर्दा आर्थिक वर्ष २०८०-८१ बाट खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेर गौरवमय इतिहास बनाउन सफल भएको छ,” घिसिङले भने ।

यो नेपालको जलविद्युत् विकासका लागि कोसेढुंगा र महत्त्वपूर्ण प्रस्थानविन्दु भएको उनले बताए । देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय प्रतिस्पर्धी बजारको डे–अहेड र रियल टाइम मार्केट र मध्यकालीन सम्झौताबमोजिम पनि विद्युत् निर्यात भइरहेको उनले जनाए ।

“विद्युत् निर्यात परिमाण हरेक वर्ष बढिरहेका छ । नेपालले औपचारिकरूपमा विद्युत् निर्यात नोभेम्बर २०२१ बाट सुरु गरेको थियो ।  निर्यातको मात्रा बढ्दै गएर गत आर्थिक वर्षमा एक अर्ब ९४ करोड युनिट विद्युत् निर्यात गरी १७ अर्ब ७ करोड रुपैयाँ आम्दानी भएको छ,” कार्यकारी निर्देशक घिसिङले भने ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode