अमेरिकाले आफुविरुद्व षडयन्त्र गरेको बंगलादेशकी निवर्तमान प्रधानमन्त्री शेख हसिनाको आरोप
अमेरिकाले मागिरहेको बंगालको खाडीको सेन्ट मार्टिन टापु अमेरिकालाई सेना राख्न नदिएपछि आफुविरुद्व आन्दोलन चर्काइएको बताएकी छन् ।
दुई महिना अगाडि बंगलादेश, म्यानमार तथा भारतका मिजोरम तथा मणिपुर क्षेत्र समेटेर ईसाई मुलुक बनाइन लागेको बताएकी थिइन् । इन्डोनेसियाबाट अलग भएको ईसाई देश पूर्वी टिमोर शैलीमा यस्तो देश दक्षिण एसियामा पनि बनाउन लागिएको उनको दाबी छ ।
अमेरिकाले बंगलादेशी आन्दोलनमा समर्थन गरेको थियो । अमेरिकाले बंगलादेशमा भएको अल्पसंख्यक खासगरी हिन्दूमाथि भएको हिंसाको विरोधमा भने मुख खोलेको छैन । यसलाई भारतीय मिडिया तथा हसिना पक्षधरहरुले अमेरिकाले आन्दोलन उक्साएको अर्थमा लिएका छन् ।
१५ वर्ष लगातार बंगलादेशमा शासन गरेकी शेख हसिना आफ्नो सरकारविरोधी आन्दोलनका कारण ज्यानै खतरामा परेपछि गत सोमबार देश छोडेर भारत पुगेकी छिन्।
क्याटेगोरी : विदेश
प्रतिक्रिया