Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

ब्राइट फ्युचर कलेजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न


ललितपुर । ब्राइट फ्युचर कलेजको १६ औ वार्षिक उत्सवको उपलक्ष्यमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ललितपुरको ललितपुर महानगरपालिका –१५, सातदोबाटोमा रहेको कलेजले बिहान ७ः३० देखि ११ः०० बजे सम्ममा रक्तदान कार्यक्रम गरेको हो ।

कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावकहरूको उत्साह पूर्ण उपस्थितीमा ५१ पिन्ट रगत संकलन गरीएको कलेजले जानकारी दिएको छ । कार्यक्रमको प्राविधीक सहयोग रक्त सञ्चार केन्द्र पुल्चोक शाखाले गरेको थियो ।

वार्षिकोत्सवको अवसरमा ‘ रक्तदान जीवनदान ’ भन्ने मूल नाराकासाथ कार्यक्रम आयोजना गरिएको कलेजका प्रिन्सिपल किशोर अधिकारीले बताए । मानिसको जीवन बचाउने कार्यका लागि रगत आवश्यक भएकोले र गर्मी मौसममा बढ्ने डेंगु, मलेरिया जस्ता अन्य रोगका कारणले हाल ललितपुरलगायत देशभरमा उच्च रक्त अभाव भएको अवस्थालाई मध्यनजर गर्दै रगतको परिपूर्ति गर्नका लागि रक्तदान कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल अधिकारीले बताए । उक्त कलेजले आफ्नो नैतिक र सामाजिक उत्तरदायित्व अनुरुप विद्यार्थीहरुको पठनपाठन सहितका रक्तदान कार्यक्रमलगायत विभिन्न सामाजिक कार्यक्रम समेत सञ्चालन गर्दै आइरहेको छ ।

पछिल्लो समय अभिभावक र विद्यार्थीहरुको रोजाइमा पर्दै आएको ब्राइट फ्युचर स्कूल एण्ड कलेजले गुणस्तरीय शिक्षामा कुनै सम्झौता नगरेको कलेजका प्रिन्सिपल अधिकारीले बताए । विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापका साथै पढाइमा केन्द्रित गर्न कलेजले कुनै कुरामा सम्झौता नगरेको अधिकारीले बताए ।


क्याटेगोरी : शिक्षा/स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode