Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई


काठमाण्डौ । संघीय सरकारको माताहात रहेका अस्पतालहरुको बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रले पाएको छ । सरकारले स्वास्थ्य उपकरणको मर्मतमा बर्षेनी करोडौ खर्च गर्दै आइरहेको छ । समयमै स्वास्थ्य उपकरणहरु मर्मत हुन नसक्दा विरामीहरुले सास्ती पाइरहेका थिए । यसैबिच स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा महाविर पून नेतृत्वको राष्ट्रिय आविस्कार केन्द्रलाई दिएको हो ।

सरकारी अस्पतालमा बिग्रिएर बेकामे बनेका उपकरण मर्मतगरी पून प्रयोगमा ल्याउन स्वास्थमन्त्रालयले अग्रसरता लिदै आइरहेका थियो । मर्मत अभावमा उपयोग विहिन बनेका उपकरणलाई आविस्कार केन्द्रको सहयोगमा मर्मत गरेर उपचार सेवामा सहजता ल्याउने मन्त्री प्रदिप पौडेलले बताए ।

बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा मदन उपाध्याय र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर भएको हो ।

सरकारी अस्पतालमा खेर गैरहेको सम्पतीको उपयोग गर्न सरकारले आविस्कार केन्द्रलाई जिम्मेवारी दिएकोसँगै केन्द्रका महाविर पून उत्साहित भएका छन् । सरकारले दिएको जिम्मेवारी तदारुकताका साथ पूरा गर्ने भन्दै केन्द्रका प्रमुख पूनले स्वास्थ्य मन्त्रालयलाई धन्यवाद दिए । ‘राज्यले हामीलाई विश्वास गरेर ठूलो जिम्मेवारी दिएको छ’, उनले भने, ‘अब हामी हाम्रै श्रोत साधन र प्राविधिकको उपयोग गरेर मर्मत गर्नेछौं ।’

उपकरण मर्मतको जिम्मा केन्द्रले पाएसँगै मन्त्रालय अन्र्तगतका रहेका १७ अस्पतालमा बिग्रिएरस्वास्थ्य उपकरणको अवस्थाबारे जानकारी लिनेछ । त्यस पश्चात मर्मत सम्भव भएका सबै उपकरणको केन्द्रका प्राविधिकहरुले मर्मत गरेर सञ्चालनमा ल्याउने तयारी रहेको छ ।

 


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode