धौलागिरी हिमश्रृंखलाको मानापाथी हिमालमा हिमपहिरो

काठमाण्डौ । धौलागिरी हिमश्रृंखलाको मानापाथी हिमालमा हिमपहिरो गएको छ । शुक्रबार दिउँसो गएको हिमपहिरोले थासाङ गाउँपालिका–२ मा बोक्सीखोला थुनिएको छ । मानापाथी हिमालमा गएको हिमपहिरो मूलकर्ख हुँदै छिप्लुङसम्म आइपुगेको छ ।
हिमपहिराले के कति क्षति पुर्यायो भन्ने विवरण प्राप्त भइसकेको छैन । ८० प्रतिशत थुनिएको खोला एकैपटक खुल्यो भने एक दर्जन घरमा क्षति पुग्ने देखिन्छ । पहिरोका कारण जोखिममा परेका केही घरका मानिसहरूलाई अहिले सुरक्षित स्थानमा सारिएको छ । यो खोला तल गएर कालीगण्डकी नदीमा मिसिन्छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया