टेकबहादुर गुरुङलाई १ करोड २१ लाख जरिवाना, बद्री न्यौपानेलाई ९ वर्ष जेल सजायँ

काठमाण्डौ । भ्रष्टाचारमा दोषी ठहर नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई जरिवानामात्र गर्ने सजाय सुनाइएको छ । उनी मनाङबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
उनलाई एक करोड २१ लाख ८४ हजार ४ सय १ रुपैयाँ ८० पैसा जरिवाना र सो बराबरको बिगो भराउने सजाय भएको विशेष अदालतले जनाएको छ । दुई साताअघि भृकुटीमन्डपस्थित फनपार्कको ठेक्कापट्टामा भएको भष्ट्रचारमा गुरुङसहित ९ जना दोषी ठहर भएका थिए । विशेष अदालतले बिहीबार सजाय निर्धारण गरेको हो ।
७ जनालाई कैद र जरिवाना तथा दुईजनालाई जरिवानामात्र भएको छ । कैद सजाय नभएका रविन्द्र गुरुङलाई २ करोड ४३ लाख ६८ हजार ८ सय ३ रुपैयाँ ५० पैसा जरिवाना र सो बराबरको बिगो भराउने फैसला भएको विषेश अदालतले जनाएको छ । नेकपा एमालेका नेतासमेत रहेका बद्री न्यौपानेलाई साढे ९ वर्ष जेल सजाय भएको छ । अख्तियारले १४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार
प्रतिक्रिया