Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

ब्याजदर घटाउने बैँकहरुको निर्णय, शेयरबजारमा उत्साह


काठमाण्डौ । चर्को व्याजदरले ऋणीको ढाड सेकेको भन्दै चर्को आलोचना भइरहेको अवस्थामा बैकहरु आगामी चैत १ गतेदेखि ब्याजदर घटाउन सहमत भएका छन् ।
नेपाल बैंकर्स संघको आज बसेको बैठकले आगामी चैत १ गतेदेखि कर्जाको ब्याजदर १ प्रतिशतले घटाउने निर्णय गरेको हो ।

संघले निक्षेपको ब्याजदर समेत ०.४२ प्रतिशतले घटाउने निर्णय गरेको छ । हाल वाणिज्य बैंकहरुले साधारण निक्षेपमा ६.४२ प्रतिशतदेखि ८.४२ प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेका छन् भने मुद्दती निक्षेपमा १२.४१ प्रतिशतसम्म ब्याज दिइरहेका छन् । यता कर्जातर्फ भने बैंकहरुले ११.५ प्रतिशत हाराहारीको बेस रेटमा ६ प्रतिशतसम्म प्रिमियम थपेर ब्याज लगाइरहेका छन् । अब भने ६ प्रतिशतको प्रिमियममा १ प्रतिशत घटाएर कर्जाको ब्याजदर निर्धारण गर्ने बैकहरुको तयारी छ ।

संघको यो निर्णयसँगै चर्को ब्याजले समस्यामा परेका ऋणीहरूलाई केही राहत मिल्ने भएको छ । व्यवसायीहरुले पछिल्लो समय बैकको व्याजदर धेरै भएको भन्दै सडक आन्दोलन नै गर्दै आएका थिए ।

नेपाल बैकर्स संघले व्याजदर घटाउने निर्णय गरेसँगै यसको प्रभाव शेयर बजारमा देखिएको छ । व्यजदर घट्ने भएसँगै आज नेप्सेमा हरियाली छाएको हो । बजार परिसूचक नेप्से आज ५० दशमलव शून्य चार अङ्कले बढेर दुई हजार दुई दशमलव ७० विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा माइक्रोफाइनान्स, बीमा, जलविद्युत् र फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । बजार बढेको दिन दुई सय ६२ वटा कम्पनीका ४५ लाख ६६ हजार कित्ता शेयर एक अर्ब ५६ करोड ५५ लाख रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै शुभम् पावर लिमिटेडको शेयर १० प्रतिशत र नेपाल इन्सुरेन्स कम्पनीको शेयर साढे नौ प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरे सबैको लघुवित्त वित्तीय संस्थाको शेयर साढे एक प्रतिशतले घटेको छ ।


क्याटेगोरी : अर्थ/सहकारी

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode