वडा अध्यक्ष सुकबहादुर लामाद्धारा महायज्ञमा ४ लाख बराबरको निमार्ण सामाग्री दान दिने घोषणा ।
ललितपुर । गोदावरी नगरपालिका वडा ८ का अध्यक्ष सुक बहादुर लामाले पाथिभरा महिला समूहलाई ४ लाख बराबरको निमार्ण सामाग्री दान दार्न घोषणा गरेका छन ।
गोदावरी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ’ मा उनले शिवधाम बनाउने महिला समूहको योजनामा धाम निमार्णका बखत ४ लाख बराबरको निमार्ण साम्रगी उपलब्ध गराउने घोषणा गरेको गोदावरी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञका संयोजक सानुराजा घिमिरेले खोजमिसन न्युज लाई जानकारी दिए ।
पाथीभरा महिला समूहको आयोजनामा नगरपालिका–३ स्थित शिव बस्तीमा भदौ २५ देखि ३१ गतेसम्म महायज्ञ भइरहेको छ । महायज्ञको उद्देश्य गोदावरी नगरपालिका–३ स्थित शिव बस्तीमा २० फिट अग्लो महादेवको मूर्तिसहित शिवधाम निर्माण गरिने छ ।
क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया