Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

रविको आरोप : देशमा सबैभन्दा धेरै भ्रष्टाचार गर्ने व्यक्ति केपी ओली हुन्


ललितपुर । सहकारी ठगी प्रकरणका पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने प्रधानमन्त्री केपी शर्मा ओलीमाथि फेरि खनिएका छन् ।

आज कास्की जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराइनेक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले देशमा सबैभन्दा धेरै भ्रष्टाचार गर्ने व्यक्ति प्रधानमन्त्री ओली नै भएको बताए । आफूलाई जस्तै डेढ वर्ष लगाएर प्रधानमन्त्रीमाथि पनि छानबिन गर्नुपर्ने लामिछानेको माग छ ।

‘मलाई जस्तै डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गर्ने हो भने सबैभन्दा धेरै यो देशको भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली होु, उनले भने,देशको प्रधानमन्त्री भएकोमा दुर्भाग्य छ ।

सरकारविरुद्ध देशभरबाट आन्दोलनमा उत्रिन आह्वान गर्दै लामिछानेले आफूलाई झूठो मुद्दामा फसाइएकोले अदालतले न्यान दिने विश्वास व्यक्त गरेका छन् ।

‘मलाई न्याय अदालतले दिनेछ, म त्यसमा निर्धक्क छु । तर, यो सरकारविरुद्ध सबै जना देशभरबाट उत्रिन आह्वान गर्दछु । मेरो लागि होइनु, लामिछानेले भने, अदालतले मलाई न्याय दिन्छ । न्यायालयप्रति धेरै नै विश्वास छ । तर, केपी ओलीको सरकार रही रहने हो भने यो देशले धेरै दुःख पाउँछ ।

 


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode