Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक जना पक्राउ


ललितपुर । घरमै यौनधन्दा चलाएको आरोपमा काठमाडौँमा एक महिला पक्राउ परेकी छन्। बालिकालाई बन्धक बनाएर आफ्नै घरमा यौन धन्दा चलाएको आरोपमा प्रहरीले ती महिलालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नुवाकोटको तादी गाउँपालिका -३ स्थायी घर भई काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका -४ मुलपानी बस्ने ४३ वर्षीया सीता गोतामे रहेकी छन्।

उनलाई पक्राउ गरी अदालतबाट म्याद लिएर मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धान गरिरहेको प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले जनाएको छ।

उनले आफ्नो घरमा घरायसी कामका लागि भनेर ‍ल्याएकी बालिकालाई वेश्यावृत्तिमा लगाएर रकम लिने गरेको पाइएको प्रहरीले जनाएको छ। पीडित बालिकालाई यसअघि नै प्रहरीले उद्दार गरिसकेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode