Techie IT
  • ६ वैशाख २०८२, शनिबार
  • काठमाडौं
Khoj Mission News

सरकारले सय दिनमा निकै राम्रो काम गरेको कांग्रेस सभापति देउवाको दाबी


भक्तपुर । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सरकारको सय दिनमा निकै राम्रो काम भएको दाबी गरेका छन् । कांग्रेस भक्तपुरले आज भक्तपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सभापति देउवाले लोकतन्त्रमा सरकारकाबिरुद्ध आलोचना हुनु स्वभाविक भएको भन्दै सरकारको सय दिनमा निकै राम्रो काम भएको धारणा राखे ।

सरकारका बिषयमा भएका आलोचनालाई मध्यनजर गर्दै आगामी दिनमा अझै राम्रो काम गर्न प्रधानमन्त्रीलाई आफुले सुझाव दिने जानकारी उनले दिए । त्यस्तै सभापति देउवाले एमालेसंगको गठबन्धनमा देशभरका कांग्रेस नेता तथा कार्यकर्ताहरु खुसी रहेको धारणा राखे । अहिलेको सरकारलाई पूरा समयसम्म सफल पार्नका लागि आफुले पहल गर्ने उनको भनाइ छ ।

सभापति देउवाले कुनै पनि क्षेत्र समस्या बिहीन हुन नसक्ने भन्दै पार्टीभित्र देखिएका समस्याहरु पनि समाधान गर्न लाग्नुपर्ने जिकिर गरे ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode