Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

दुर्गा प्रसाईं पक्राउ पर्नुको कारण यस्तो छ, आरोप पुष्टी भए के हुन्छ सजायँ ?


काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रसाईलाई मंगलबार भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको हो ।

कम्बोडियाको स्मार्ट एक्जिएटा टेलिकम कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीले २१ करोड अमेरिकी डलर बराबरको लगानी गरेको दाबी गर्दै आएका प्रसाईंविरुद्ध साइवर क्राइम तथा किर्ते अभियोगमा मुद्दा चलाउने प्रहरीको तयारी छ । प्रसाईँले प्रधानमन्त्री ओलीका विषयमा सार्वजनिक गरेका कागज विश्वसनीय नदेखिएकोले साइबर अपराधसम्बन्धी कसुरमा नियन्त्रणमा लिइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रवक्ता प्रहरी उपरिक्षक होविन्द्र बोगटीले जानकारी दिएका छन्।

केन्द्रीय अनुसन्धान ब्यूरोले जारी गरेको प्रेस विज्ञप्ति

फर्जी कागजात बनाएको कसुरमा प्रहरीले उनीविरुद्ध साइबर क्राइम र किर्ते अभियोग मुद्दा चलाउने तयारी गरेको छ । प्रहरीले विद्युतिय कारोबार ऐन २०६३ अन्तर्गतको कसूर गर्ने व्यक्ति पक्राउ गरिएको भनेको छ । मुलुकी फौजदारी संहिता–२०७४ को दफा २७६ मा किर्ते गर्न नहुने विषय उल्लेख छ । सो ऐनको दफा ३०६ अनुसार बेइज्जती पनि गर्न पाइँदैन । सो कसुर पुष्टि भएमा २ वर्ष कैद र विद्युतीय माध्यमबाट त्यस्तो कसुर गरेमा थप १ वर्ष कैद सजाय हुने व्यवस्था छ । त्यसो त मुलुकी फौजदारी संहिता–२०७४ को दफा २८५ अनुसार आपराधिक उपद्रो गर्न नपाइने उल्लेख छ ।

प्रहरीले उनलाई आपराधिक उपद्रो विरुद्धको अभियोग पनि लगाउन सक्छ । आपराधिक उपद्रो पुष्टि भएमा ३ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ । मुलुकी फौजदारी संहिता–२०७४ को दफा ८९ मा झुटा प्रमाण बनाउन नहुने कानुनी व्यवस्था छ । प्रहरीले उनीविरुद्ध झुटा प्रमाण बनाएको कसुरमा पनि अनुसन्धान गर्ने तयारी गरेको छ । झुटा प्रमाण बनाएको पुष्टि भएमा ५ वर्षसम्म कैद हुन्छ । मुलुकी फौजदारी संहिता–२०७४ को दफा ५८ अनुसार राष्ट्रपति वा संसद्लाई धम्की दिन पाइँदैन । त्यसरी धम्क्याएको पुष्टि भएमा ७ वर्षसम्म कैद हुने व्यवस्था छ ।

 


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode