बीआरआईमा मिलेन कांग्रेस र एमालेको कुरा, सत्ता गठबन्धन नै धरापमा

काठमाण्डौ । नेपाली कांग्रेसले बीआरआईका सन्दर्भमा ऋण स्वीकार नगर्ने पार्टीको धारणा कायमै रहेको जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बीआरआईलाई ऋण नभइ अनुदानमा अघि बढाउनुपर्ने भन्दै त्यसैका आधारमा परियोजना अघि बढाउनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए । उनले चीनमात्रै नभइ अन्य राष्ट्रहरुसंग पनि ऋण नभइ अनुदानसहितको सर्तमामात्रै आयोजनाहरु अघि बढाउनुपर्नेमा बैठकले जोड गरेको बताए ।
बीआरआईका बिषयमा चीनसंग सरकारले गरेको सहमतिहरु अनुदानमा नै अघि बढ्ने विश्वास रहेको महतले बताए । कांग्रेसको यो निर्णयले सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेसँग थप दुरी बढ्ने देखिएको छ ।
ऋण र अनुदान दुबै स्वीकार्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग बीआरआई फ्रेमवर्क सम्झौता गरेपछि नेपाली कांग्रेस असन्तुष्ट रहँदै आएको छ । सत्ता गठबन्धनको निर्णयभन्दा बाहि गएर सम्झौता गरेको भन्दै सरकारमै रहेका अन्य साना दलहरुले पनि असन्तुष्टि जनाइरहेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया