साँगाबाट बनेपा जाने बस चढेकी गीता हुमागाईं बेपत्ता, कसैले भेटेमा सम्पर्क गराइदिन परिवारको आग्रह
काठमाडौ । काभ्रेको साँगाबाट बनेपा जाने बस चढेकी गीता हुमागाईं बेपत्ता भएकी छिन् । काभ्रेको साँगा नै घर भएकी २५ वर्षीय विवाहित गीता मंसिर २३ गते अर्थात आइतबारदेखि बेपत्ता भएकी हुन् ।
धुलिखेल पुग्दासम्म सम्पर्कमा रहेकी उनी त्यसपछि बेपत्ता भएकी हुन् । बस चढ्दासम्म सकुशल नै रहेकी उनलाई कसैले देखेमा सम्पर्क गरिदिन परिवारले आग्रह गरेका छन् ।
प्याजी रङको हुडी र कालो–निलो ट्राउजर लगाएको अवस्थामा हराएको परिवारले जानकारी दिएका छन् । उनले बस चढ्दा रातो झोलासमेत बोकेकी थिइन् । त्यसबेला माक्ससमेत लगाएकी थिइन् ।
कसैले देख्नुभएमा यो नम्बरमा सम्पर्क गरिदिनुहुन अनुरोध छ :
9841311710 -सुदन दुलाल
9851102894 -ईश्वर दुलाल
9851255752 -निर्मल दुलाल
क्याटेगोरी : अड्डामा खोज मिसन, अन्तर्वार्ता, खेलकुद, देश
प्रतिक्रिया