Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

सांसदबाट रवि लामिछाने निलम्बित, कार्यबाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन् । सोमबार संसद सचिवालयले लामिछानेको पद निलम्बनमा परेको सूचना प्रकाशित गरेको हो । संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा कास्की जिल्ला अदालतमा लामिछाने विरुद्ध सम्पत्ती शुद्धीकरणको मुद्दा दायर भएकाले मुद्दा किनारा नभएसम्म निलम्बनमा रहने कानुनी व्यवस्था रहेको उल्लेख गरिएको छ । कास्की प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको जानकारीसहित पत्र संघीय संसद सचिवालयलाई पठाएको थियो ।

पत्र प्राप्त भइसकेपछि सभामुख देवराज घिमिरेले पद निलम्बनमा परेको सूचना प्रकाशित गर्न आदेश गरेअनुसार सूचना प्रकाशित गरिएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा २७ अनुसार थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बन भएको मानिनेछ भन्ने व्यवस्था रहेको उनको भनाइ छ ।

सहकारी ठगीका आरोपित लामिछानेसहितका प्रतिवादीको जिल्ला अदालत कास्कीमा सोमबारदेखि नै बयान सुरु भएको छ । आइतबार जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको थियो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनीहरूविरुद्ध ३ वटा कसुरमा मुद्दा दर्ता भएको छ ।

समग्रमा ४४ व्यक्ति र कम्पनीलाई प्रतिवादी बनाइएको छ । आजबाट अभियोगअनुसार प्रतिवादीको बयान थालिएको हो । बयान सकिए पछी थुनछेक बहस हुने जनाईएको छ । यसैबीच रास्वपाले उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ । सोमबार बसेको रास्वपा सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति अर्याललाई दिने निर्णय गरेको हो । सभापति रवि लामिछानेले पार्टीको कार्यवाहक सभापति अर्याललाई दिने पत्र पठाएको र उक्त प्रस्ताव पार्टीको सचिवालय बैठकले अनुमोदन गरेको हो ।

 


क्याटेगोरी : अड्डामा खोज मिसन, अन्तर्वार्ता, खेलकुद, देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode