Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

सभापति देउवामाथि खनिए शेखर, भन्छन्–पार्टीभित्र गुटलाई मलजल गरियो


काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी सभापति शेर बहादुर देउवाको कार्यशैलीको विरोध गरेका छन् । सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औं जन्मजयन्तीका अवसरमा सोमबार काठमाडौंमा आयोजित किसुनजीको जीवन र व्यक्तित्व बिषयक बिचार गोष्ठीमा कोइरालाले पार्टीलाई आफ्नो अनुकुल ढंगले अघि बढाएको भन्दै पार्टी सभापति देउवाको कार्यशैलीको विरोध गरेका हुन् । उनले आफ्ना कुराहरुलाई पार्टी सभापतिले गम्भीरतापूर्वक नलिएका कारण समय समयमा पार्टीभित्र भागवण्डाको कुरा उठ्ने गरेको जिकिर गरे । पार्टी सभापतिले अन्य नेताहरुको कुरा नसुन्दा राजनीति गर्नेहरुलाई अप्ठेरो पर्ने उनको भनाइ छ । कोइरालाले गुटलाई फस्टाइदिने काम पार्टी सभापतिले गरेको आरोप समेत लगाए ।

‘वास्तवमा अहिले पार्टीमा हामीबीच विचलन छ । स्वीकार्नुपर्छ । अघि राजेशजीले भन्नुभयो, शेखरजी पनि अब त भागबण्डामा लागि सक्नुभयो भनेर । ४०र६० को भागबण्डा भनेर भन्नुभयो,’ कोइरालाले भने, ‘मैले पहिला भनेकै हो । तर भागबण्डा भनेर चुप लागेर बस्ने त होइन नि । सभापतिजीले केही पनि सुन्दै नसुन्ने हो भने त अफ्ठ्यारोमा पर्छ । राजनीति गर्नेहरूलाई अफ्ठ्यारो पर्छ । यो हामीले बुझ्न जरुरी छ ।’

कृष्णप्रसाद भट्टराईको दृढ संकल्प गर्ने बानी आफुले सदैव स्मरण गर्ने उनले बताए । कोइरालाले कृष्णप्रसाद भट्टराई, गणेशमान, वीपी लगाएतका कांग्रेसका अग्रज नेताहरुलाई बिर्सिए कांग्रेस नै नरहने धारणा राखे । सन्त नेता भट्टराईको जन्म विक्रम सम्बत् १९८१ पुस ८ गते भारतको बनारसमा भएको थियो । उनका पिता राणा शासनमा निर्वासित भएपछि परिवारले नै भारतको बनारसमा निर्वासित जीवन बिताएको थियो । नेता भट्टराईले नेपालको १०४ वर्ष लामो निरङ्कुश राणा शासन समाप्त पार्न महत्वपूर्ण भूमिका खेलेका थिए ।


क्याटेगोरी : खोज मिसन, प्रमुख समाचार, भिडियो, विदेश, शिक्षा/स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode